झापा, २७ माघ । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला सङ्घ झापाको अध्यक्षमा दमककी लीला ढुंगेल दाहाल सर्वसम्मत निर्वाचित हुनु भएको छ।
संघको दशौं जिल्ला सम्मेलनबाट उहाँ सर्वसम्मत हुनु भएको हो ।
संघको उपाध्यक्षमा मेचीनगरकी रेणुका डाँगी र विर्तामोडकी सीता ढुङ्गाना विश्वकर्मा, सचिवमा शिवसताक्षीकी कोपिला चम्लागाईं, सहसचिवमा हल्दिबारीकी ललिता बस्नेत र कोषाध्यक्षमा दमककी मञ्जु बस्नेत थापा चयन हुनु भएको छ।
निर्वाचन समितिका संयोजक हेमकला कट्टेलका अनुसार सदस्य पदमा ७५ जनाको विभिन्न क्लस्टरबाट चयन गरिनेछ। जसको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालयमा गरिनेछ ।
सोही दिन दिउँसो १ बजे शपथ ग्रहण र निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने भएको छ। अरु सदस्यहरुको नाम सोही दिन सार्वजनिक गरिने बताइएको छ ।