झापा, २७ माघ । सहारा नेपालले कोकाकोला फाउन्डेसन र बाराह क्लाइमेट एजीसँगको सहकार्यमा आज काठमाडौंमा एक समारोहबीच कृषि क्षेत्रको प्रवर्धन सम्बन्धी अन्तर्राष्ट्रिय महत्त्वको कार्यक्रम सुरुवात गरेको छ ।
सहाराले ‘नेपालमा कृषि, वन तथा भूमि प्रयोग क्षेत्रका चुनौतिहरू र अवसरहरूको सदुपयोग गर्ने क्रममा नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखलालाई सुदृढ गर्दै लैजाने’ कार्यक्रम सुरुवात गरेको हो ।
सभामुख देवराज घिमिरेले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा कोकाकोला फाउन्डेसनकी उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाको विशेष उपस्थिति रहेको थियो ।
नेपालको कृषि क्षेत्रलाई प्रवर्धन गर्नका लागि सहारा नेपालले कोकाकोला फाउन्डेसनको आर्थिक सहयोग र बराह क्लाईमेट एजीको सहकार्य गरेको हो ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहारा नेपालका सदस्य सचिव महेन्द्र गिरी र सहारा नेपालका कार्यकारी निर्देशक युवराज शिवाकोटी प्रस्तुति दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता सहारा नेपालका अध्यक्ष भरत गिरीले गर्नु भएको थियो ।
कार्यक्रममा सहारा नेपालले वृक्षारोपणका लागि विरुवा उपलब्ध गराउने अभियानको वक्ताहरुले खुलेर प्रंशसा गरेका थिए ।