२८ फागुन २०८१, बुधवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१ फागुन २०८१, बिहिवार
Image

काठमाडौ, फागुन ०१ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा तथा लभांश प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज फागुन १ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् । 

यस इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले फागुन १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।