२ फागुन २०८१, शुक्रवार

नेपाल फाइनान्सको करिब १० लाख ९० हजार कित्ता सेयर बिक्रीमा

१ फागुन २०८१, बिहिवार
Image

काठमाडौं, फागुन ०१ । नेपाल फाइनान्सले आज देखि १० लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । फाइनान्सले  ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 
यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  आवेदन दिने अन्तिम म्याद फागुन ८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।