भैरहवा, फागुन ०१ । प्रहरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बुधबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाको प्रविधिक सहयोगमा जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी कर्मचारीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । शिविर कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशका अध्यक्ष नविना खत्रीले प्रहरीको पेशा सेवा मात्र नभई समाजमा न्याय कायम राख्ने, समुदायको सुरक्षाको सुनिश्चितता गर्ने, प्रहरीहरु नगरीको विश्वासको धरोहर रहेको बताईन ।
“समाज र चुनौतिहरुको सामना गर्दागर्दै प्रहरी कर्मचारीहरुले आफनो स्वास्थ्य प्रति ध्यान पुर्याउन नसक्दा यस्ता शिविर कार्यक्रमले प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य प्रति सचेत गराउने माध्यम बनेको छ । ” अध्यक्ष खत्रीको भनाई छ ।
उक्त शिविरमा जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रमुख रंजित सिंह राठोरले हामी प्रहरी अरुका लागि खटिरहेका हुन्छौ र अरुका लागि खटिरहँदा हामीले स्वास्थ्यको ख्याल गर्न पाएका हुँदैनौ, अलि अफ्टयारो भयो भने मात्र चेकजाच गराउने र अस्पताल जाने गछौ जसले गर्दा स्वास्थ्यमा धेरै समस्या रोगहरु निम्तिने गर्दछ । सोहिकुराहरुलाई मध्यनजर गर्दै यस किसीमको शिविरहरु गर्दै आएको उनले बताए ।
युसिएमएस भैरहवाका प्रसाशन प्रमुख तेज कुमार केसीले शिविरमा मुटुको इसिजी, महिला तथा प्रसुति जाँच, छाला, नाक कान घाटी, मस्तिष्क तथा नसा रोग, फिजिसियन लगायत विभिन्न चेकजाचका लागि करिब १५ जना डाक्टर द्वारा प्रहरीहरुको उपचार गरिएको बताए ।
साथै उनले उपचार गराउनु नपाएका अथवा उपचार गराउनु नभ्याएका प्रहरीहरुको असपतालमै उपचार गर्ने बताउनु भयो ।
निशुल्क स्वास्थ्य परिक्षणमा २०० जान प्रहरी लाभान्वित भएका छन । युसिएकएसका डाक्टर तथा असिस्टेन प्रोफेसर राहुल यादवले २०० जान प्रहरीमा रोगहरु देखिएको बताएका छन ।
नियमित हुने हाइपोटेन्सन, डायभिटिज, थाइराईड लगाय धेरै समस्याहरु देखिएको र अस्पताल फलोअप नगरेकाले विभिन्न समस्याहरु बढेको पनि उनले बताए । साथै महिलाहरुमा सेतो पानी बग्ने समस्या बढी देखा परेको उनले बताए
उपचार गराएका बिरामीहरुलाई अस्पतालले निशुल्क औषधि पनि वितरण गरेको छ । शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्राप्त गरेका छन्। यस पहलले प्रहरीहरुको स्वास्थ्यमा सुधार ल्याउन र स्वास्थ्य सेवाको पहुँचलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेलेको छ।