२ फागुन २०८१, शुक्रवार

आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो

१ फागुन २०८१, बिहिवार
Image

काठमाडौं, फागुन ०१ । नेपाली बजारमा आज बिहिबार एकैदिन सुनको भाउ २३ सय रुपैयाँले  बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सबढेर प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि बुधबार सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहिबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।