झापा, १ फागुन । तीसौं जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा माओबादी केन्द्र मेचीनगरले आज साँझ धुलावारीमा दीप प्रज्ज्वलन गरेको छ।
पार्टीको झण्डा र ब्यानर सहित नेता तथा कार्यकर्ताहरु धुलावारी चोकमा भेला भएर जनयुद्ध दिवस मनाइएको पार्टीका नगर अध्यक्ष कमरेड राजन चिमरियाले बताउनु भयो ।
पार्टीका कोशी प्रदेश कमिटी सदस्य कमरेड प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष चिमरियाले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नगर उपसचिव कमरेड कृष्ण कौशलले गर्नु भएको थियो ।
जनयुद्धको जगमा भएको जनान्दोलनबाट मुलुकले संघीयता, गणतन्त्र लगायतको क्रान्तिकारी परिवर्तन प्राप्त गरेको धारणा व्यक्त गर्दै कार्यक्रमका वक्ताहरुले जनयुद्ध र सहिदको योगदानको अवमूल्यन नगर्न आग्रह गरेका थिए ।