काठमाडौं, फागुन ०२ । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ७ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले उक्त अवधी सम्ममा ७ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको यसैअवधिको तुलनामा २२५.१४ प्रतिशत धेरै हो । गत वर्ष यसले २ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार देखिएको हो । यता, कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ ।
चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा ९ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँ (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११२.१८ रुपैयाँ छ ।