२८ फागुन २०८१, बुधवार

सुन–चाँदीको मूल्य सामान्य बढ्यो

२ फागुन २०८१, शुक्रवार
Image

काठमाडौं, फागुन ०२ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ६५ रुपैयाँ कायम रहेको थियो ।