कास्की, पोखरा महानगरपालिका-३२ मजुवाबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने सप्तरी घर भएका २५ वर्षीय दिपेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले काठमाडौंबाट स्याङ्जातर्फ आउँदै गरेको बा.३ ख ३९२४ नम्बरको हाइसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध गाँजा १४ किलो ७ सय ७४ ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवराज नगरपालिका-९ बानियाभार बस्ने ६६ वर्षीय शुकलाल घर्ती, रोल्पा थवाङ गाउँपालिका-५ कुशवाङ बस्ने ४९ वर्षीया प्रेमसरि रोका र रूकुम पूर्व भूमे गाउँपालिका-२ काक्री बस्ने २६ वर्षीया सरिता पुन रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका शुकलाललाई ३ किलो १ सय २८ ग्राम, प्रेमसरिलाई ५ किलो ९ सय ६८ ग्राम र सरितालाई ५ किलो ६ सय ७८ ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ बस्ने ५१ वर्षीया सुकुमाया तामाङलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलोग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-१ रानिबगिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम र नगद २३ हजार ५ सय ६० रूपैयाँ सहित सोही नगरपालिका-२ बस्ने ३१ वर्षीय मोहन राम्जालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ पष्पलाल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-७ बनगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम, नगद ९ हजार ३ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २५ वर्षीय अजय चौधरी र सोही नगरपालिका-७ बस्ने सुरेश धामी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ सिमी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ५ ट्याब्लेट र स्पास्पेन ९ सय ६ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय योगेन राई र २१ वर्षीय खेम यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले घोपाबाट सिमीचोकतर्फ जाँदै गरेको प्र.१-०२-०४० प ५६०४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।