१८ चैत २०८१, मङ्गलवार

अहिले भर्खरै

झडपमा २९ वर्षीय सविन महर्जनको मृत्यु

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । कीर्तिपुरका सबिन महर्जनको झडपको क्रममा मृत्यु भएको छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा राजाबादीहरुले आज काठमाडौंमा आयोजना गरेको प्रदर्शनको क्रममा भएको झडपमा महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिनुभयो ।

महर्जन कीर्तपुर वडा नं. ४ निवासी २९ वर्षका हुनुहुन्थ्यो । तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते हुनुभएको महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको हस्पिटलले जनाएको छ ।

आन्दोलन क्रममा १५ जना प्रदर्शनकारी र १५ जना सुरक्षाकर्मी घाइते भएको गृह मन्त्रालयका सहसचिव रिजालले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी ।