२४ चैत २०८१, सोमवार

शिक्षा ऐन नलिई शिक्षकहरु सडकबाट नफर्किने, भोलिदेखि आम शैक्षिक हड्ताल

२३ चैत २०८१, आइतवार
Image

झापा, २४ चैत । नेपाल शिक्षक महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेको छ ।

शिक्षा ऐन जारी हुनुपर्ने लगायतको माग राखी चैत २० गतेदेखि देशभरका शिक्षक आन्दोलित छन् ।

“गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक, विद्यार्थी र कर्मचारी मैत्री ऐन जारी गराउन सरकारलाई दवाव सिर्जना गर्ने यो हाम्रो निर्णायक आन्दोलन हो,” शिक्षक महासंघका नेताहरुले भनेका छन् –“आन्दोलनलाई अझ सशक्त बनाउन आम शैक्षिक हड्ताल आह्वान गर्न बाध्य भएका छौं ।”

आम शैक्षिक हड्ताल अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गर्दै देशभरका शिक्षकलाई काठमाडौं आन्दोलनमा आउन महासंघले आह्वान गरेको छ।