२४ चैत २०८१, सोमवार

भण्डारी समाजको केन्द्रीय अध्यक्षमा मार्सेली सर्वसम्मत

२३ चैत २०८१, आइतवार
Image

झापा, २४ चैत । वशिष्ठ भण्डारी समाजको केन्द्रीय अध्यक्षमा  कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ सर्वसम्मत निर्वाचित हुनु भएको छ । 

समाजको १६ औँ केन्द्रीय वार्षिक साधारण सभाबाट अध्यक्षमा मार्सेली निर्विरोध निर्वाचित हुनु भएको हो । कन्काईको कोटीहोममा साधारणसभा भएको हो । 

समाजको वरिष्ठ उपाध्यक्षमा घनश्याम भण्डारी, उपाध्यक्षमा किशोर भण्डारी, हरिप्रसाद भण्डारी, राजन भण्डारी, देवराज भण्डारी, इन्द्रलाल भण्डारी, गंगाराम भण्डारी र कमलादेवी घिमिरे भण्डारी चयन हुनु भएको छ ।

महासचिवमा जयप्रसाद भण्डारी चयन हुनुभयो । सचिवमा आनन्दकुमार भण्डारी र सहसचिवमा रघुनाथ भण्डारी, कोषाध्यक्षमा चेतना निरौला भण्डारी र सह कोषाध्यक्षमा देवेन्द्र भण्डारी चयन हुनु भएको छ ।  

समाजको सदस्यमा पुरुषोत्तम भण्डारी, हरिप्रसाद भण्डारी, दुर्गादेवी गौतम भण्डारी, कल्पना भण्डारी, मुक्तिप्रसाद भण्डारी, कृष्णप्रसाद भण्डारी, रूपनारायण भण्डारी, टुङ्गनाथ भण्डारी र भोजराज भण्डारी निर्विरोध चयन हुनुभयो । 

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको अधिवेशन प्रेमचन्द्र भण्डारीको अध्यक्षतामा भएको थियो ।

वि.सं. २०४६ मा कोटिहोम माईमा श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर संगठित भएको भण्डारी समाज २०५१ मा झापा जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको थियो । 

अधिवेशनमा मन्त्री भण्डारी सहित नेपाल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।