झापा, ११ वैशाख । लोकतन्त्र दिवसका अवसर पारेर सीमान्त बाल क्लव काँकरभिट्टाले लागू पदार्थको दूर्व्यसनविरुद्ध सचेतना कार्यक्रम गरेको छ ।
मेचीनगर वडा नं. ६ मा रहेको क्लबले आज मेची किनारको मेची डाँडामा साँस्कृतिक कार्यक्रमसँगै सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
क्लबका अध्यक्ष मानव पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका साँसद तथा नेपाली काँग्रेस संसदीय दलका सचेतक गोपाल तामाङ हुनुहुन्थ्यो ।
विशेष अतिथि मेचीनगर वडा नं. ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, अतिथिहरु बालअधिकारकर्मी मणिकुमार लिम्बु, सामाजिक अभियन्ता संदीप थापा, ईप्रका काँकरभिट्टाका प्रहरी नायब निरीक्षक मिलन राई लगायतले कार्यक्रममा मन्तब्य व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा समाजसेवी युवा विधान श्रेष्ठ, स्थानीय टोल विकास संस्था, नवदुर्गा किर्तन मण्डली, प्रगति आमा समूहलाई सम्मान गरिएको थियो ।
मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले स्वागत तथा कार्यक्रमका विषयमा प्रकाश पारेको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, विद्यार्थी, टोल विकासका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियोे ।
उक्त बाल क्लवले यसअघि आफ्नो टोलमा सरसफाई कार्यक्रम समेत सञ्चालन गरेको थियो ।