१२ वैशाख २०८२, शुक्रवार

अहिले भर्खरै

धुलाबारीको एक्सेल बैंकको झ्यालमा धुँवाको मुस्लो

१२ वैशाख २०८२, शुक्रवार
Image

झापा, १२ वैशाख । धुलाबारीस्थित एक्सेल डेभलपमेन्ट बैंकको शाखा कार्यालयको झ्यालबाट आगोको धुँवा बाहिर निस्किरहेको छ ।

आज दिउँसो २ बजेतिर बैंकको माथ्लो तलाको झ्यालबाट धुँवा बाहिर निस्कन थालेपछि भीड जम्मा भएको थियो ।

बैंकको गार्डलाई सोध्दा सामान्य घटना (आगलागी) भएको र त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

उक्त भवनको भुइँतलामा बैंकको काउन्टर सेवा रहेको छ भने माथ्लो तलामा शाखा प्रबन्धक लगायतको कोठा रहेको छ ।

बैंकले के कस्तो आगलागी भएको हो जानकारी दिएको छैन । प्रहरी समेत घटनास्थलमा आइपुगेको छ ।

बैंकका एक कर्मचारीले ठूलो दुर्घटना नभएको, अग्नि नियन्त्रण गर्ने आफ्नै उपकरणको सहायताले आगो निभाइएको र आगो निभाउँदा झ्यालबाट धुँवा र ग्यास निस्किएको दावी गरेका छन् । थप विवरण प्राप्त भएको छैन ।