१२ वैशाख २०८२, शुक्रवार

एक्सेल बैंक घटना : माथ्लो तलामा विद्युत सर्ट भएको थियो

१२ वैशाख २०८२, शुक्रवार
Image

झापा, १२ वैशाख । धुलाबारीस्थित एक्सेल डेभलपमेन्ट बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भएको बैंकले जनाएको छ ।

आज दिउँसो २ बजेतिर बैंकको माथ्लो तलामा झ्यालबाट धुँवाको मुस्लो बाहिर निस्किएपछि आगलागीजन्य दुर्घटना भएको आशंका थियो ।

“विद्युत सर्ट भएको थियो, बेलैमा समाधान गरेका छौं,” बैंकका एक कर्मचारीले भन्नुभयो–“ठूलो दुर्घटना हुन पाएन ।”

झ्यालबाट धुँवा बाहिर निस्कन थालेपछि भीड जम्मा भएको थियो । माथ्लो तलामा झ्यालबाट धुँवा निस्किरहँदा भुइँतलामा ग्राहकसँग कारोवार भइरहेको थियो ।

उक्त भवनको भुइँतलामा बैंकको काउन्टर सेवा रहेको छ भने माथ्लो तलामा शाखा प्रबन्धक लगायतको कोठा रहेको छ । प्रहरी समेत घटनास्थलमा आइपुगेको थियो ।