झापा, १३ वैशाख । काठमाडौंबाट झापा आइरहेको रात्रि बस आज विहान दुधेमा दुर्घटना हुँदा १६ जना शिक्षकसहित २२ जना यात्रु घाइते भएका छन् ।
विहान ५ः३० बजेतिर पूर्वपश्चम राजमार्गको दुधे चोकमा अनियन्त्रित भई बस सडकबाट पल्टिएको थियो । प्रदेश १–०१–००१–ख४२ नम्बरको सयपत्री ट्राभल्सको उक्त यात्रुवाहक रात्रिबस दुर्घटनामा घाइते भएकाहरुको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएन्डसी हस्पिटलमा उपचार भइरहेको छ ।
शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक उक्त दुर्घटनामा घाइते हुनुभएको शिक्षक लीलाप्रसाद भण्डारीले बताउनुभयो । भण्डारी पनि घाइते हुनु भएको छ । घाइतेमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर छ ।
अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीको भनाई छ । बसका चालक महेन्द्र कन्दङ्वा पक्राउ परिसकेका छन् ।
फोटो : बिजय बराल / लोकतन्त्र पोस्ट