२० जेठ २०८२, सोमवार

साफ च्याम्पियनशीपको प्रशिक्षकमा काँकरभिट्टाका बस्नेत नियुक्त

१२ जेठ २०८२, आइतवार
Image

झापा, ११ जेठ । काँकरभिट्टाका मीनबहादुर बस्नेत आगामी साफ यु–२० महिला च्याम्पियनशीप प्रतियोगिताका लागि गोलरक्षक प्रशिक्षण नियुक्ति हुनु भएको छ ।

आगामी जुलाई ११ देखि २१ सम्म बंगलादेशको राजधानी ढाकामा उक्त प्रतियोगिता हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बस्नेतलाई नियुक्त गरेको हो ।

एन्फाका महासचिव किरण राईले आज नियुक्ति पत्र दिनु भएको हो ।

फुटबलका प्रसिद्ध खेलाडी बस्नेतले नेपालको राष्ट्रिय टोलीबाट विभिन्न प्रतियोगितामा खेलिसक्नु भएको छ । उहाँ नेपालको अब्बल गोलरक्षकको रुपमा चिनिनुहुन्छ ।