झापा, २० जेठ । मेचीनगरको वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नं. १२ ले जितेको छ ।
धुलाबारीको निन्दा करिडरमा आज आयोजित फाइनल खेलमा वडा नं. १२ को टोलीले वडा नं. १० को टोलीलाई पराजित गरेको थियो ।
खेलको समापनपछि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बिजेता र उपबिजेता टोलीलाई शिल्ड, ट्रफी, मेडल र नगद पुरस्कार वितरण गर्नुभएको थियो ।
मेचीनगर वडा नं. १० को वडा खेलकुद विकास समितिको आयोजनामा जेठ १५ गतेदेखि भइरहेको पुरुष भलिवल प्रतियोगितामा नगरका १५ वटा वडाको टोलीले प्रतिष्पर्धा गरेको थियो ।
बिजेता टोलीले रु. ५० हजार र उपबिजेता टोलीले रु. ३० हजार नगद पुरस्कार पाएको छ ।
वडाध्यक्ष नारायण खनालको अध्यक्षतामा भएको समापन समारोहमा वडा नं. १२ का वडाध्यक्ष मधु निरौला, वडा नं. २ का वडाध्यक्ष दिपक बराल, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्वाङ लगायतको उपस्थिति रहेको थियो ।