झापा, १८ भदौ । काँकरभिट्टा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ ।
आज समितिका सदस्यहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटीलाई समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
अभिभावकहरुको गत भदौ ८ गते सम्पन्न भेलाबाट रामबहादुर दर्जी, निर्मला राई, लोकबहादुर कटुवाल र गीता गिरी समितिको सदस्य रहनेगरी अभिभावक प्रतिनिधि हुनु भएको थियो ।
वडा अध्यक्ष ललित तामाङ र विद्यालयका प्रधानाध्यापक देबेन्द्र निरौला क्रमशः पदेन सदस्य र सदस्य सचिव हुने व्यवस्था छ ।
अभिभावक प्रतिनिधिसहितको समितिका सदस्य तथा प्रतिनिधिहरुको बैठकले शिक्षासेवी भुपाल शिवाकोटी र राधा कार्कीलाई समितिको सदस्यमा मनोनित गरेको थियो ।
सदस्यहरुको बैठकले आज समितिलाई पूर्णता दिदै अध्यक्ष पदमा भुपाल शिवाकोटीलाई चयन गरेको हो । शिक्षक प्रतिनिधि छनोट हुन बाँकी छ ।