१९ भदौ २०८२, बिहिवार

सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

१९ भदौ २०८२, बिहिवार
Image

झापा, १९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । 

त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजैबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको समेत पढाएको जनाएको छ ।