२८ भदौ २०८२, शनिवार

अन्तरिम प्रधानमंत्री सुशिला कार्की नियुक्त

२७ भदौ २०८२, शुक्रवार
Image

झापा, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षकको अधिकार प्रयोग गरेर अन्तरिम प्रधानमंत्री पदमा सुशिला कार्कीलाई नियुक्त गर्नु भएको छ ।

जेन जी  विद्रोहपछि नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम कार्कीलाई नियुक्त गरिएको हो ।

आजै प्रधानमंत्री कार्कीले ३ जना मंत्री नियुक्त गर्नु हुने सम्भावना छ ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङ, मेयर बालेनका पूर्व निजी सचिव अधिवक्ता ओमप्रकाश अर्याल र जेनजी प्रतिनिधि सुधन गुरुङ मन्त्री बन्ने लाइनमा अग्रपंक्तिमा हुनुहुन्छ ।

मंत्रीमण्डलले आजै बैठक बसी संकटकाल र संसद विघटन सिफारिश गर्ने बताइएको छ ।