२९ कार्तिक २०८२, शुक्रवार

ज्यामिरगढीमा युवाले मेयरलाई सुनाए आफ्ना माग र गुनासाहरु

२९ कार्तिक २०८२, शुक्रवार
Image

मेचीनगर, २८ कात्तिक । मेचीनगर–१५ को युथ फर सोसाइटीले वडा क्षेत्रको फोहोर संकलन गर्न नगरपालिकाको सवारी साधन आउनु पर्ने लगायतका माग गर्दै नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गरेको छ ।

सोसाइटीका संयोजक जयराम दाहालको नेतृत्वमा आएको युवा समूहले विहीवार नगरप्रमुख गोपाल बुढाथोकीलाई उहाँकै कार्यकक्षमा भेट गरी माग पत्र बुझायो ।

समूहले वडा नं. १५ को कार्यालयमा समेत सोही माग पत्र बुझाएको छ । 

सोसाइटीका युवाहरुले नगरपालिकाको फोहोर उठाउने गाडी आफ्नो वडा कहिल्यै नआएको र सडक बत्तीहरु मर्मत सम्भार नभएर बल्न छाडेको गुनासो नगरप्रमुख बुढाथोकीलाई सुनाएका थिए ।

नगरपालिका र वडा कार्यालयले तालिम, अनुदान, नियुक्ति लगायतका सार्वजनिक सूचनाहरु सर्वसाधारण वडाबासीलाई पुर्याउनु पर्ने माग गर्दै त्यस्ता सार्वजनिक महत्त्वका सूचनाहरु सोसाइटीले प्राप्त गरेमा आम नागरिकमा पुर्याउन सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले सोसाइटीका मागहरु सान्दर्भिक रहेको हुँदा धन्यवाद व्यक्त गर्दै आम नागरिकमा सूचनाको पहुँच पुर्याउने, सडक बत्तीको व्यवस्था मिलाउने र फोहोर संकलन गर्ने गाडीको व्यवस्था गर्ने विषयमा आफुले पहल गर्ने बताउनु भएको थियो ।