१९ पुष २०८२, शनिवार

कनकाई पुल नजिक राजमार्गमा शंकास्पद बस्तु फेला

१९ पुष २०८२, शनिवार
Image

झापा, १९ पुस  कनकाई नगरपालिका वडा नं. ४ स्थित पूर्वपश्चिम राजमार्गमा आज विहान कालो झोलाभित्र शंकास्पद बस्तु फेला परेको छ ।

कनकाई पुलको पूर्वतिरको राजमार्गको किनारमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोलाबाहिर तार जस्तो बस्तु बाहिर निकालिएको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शंकास्पद बस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताउनुभयो ।

स्थानीयबासीले उक्त बस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले उक्त स्थानलाई शिलबन्दी गरेको छ भने राजमार्गको अर्को छेउबाट सुरक्षित रुपमा सवारी साधन तथा यात्रीहरुको आवागमन भइरहेको प्रजिअ गेलालले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ । शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ ।