२७ वैशाख २०८३, आइतवार

अध्यक्ष पदमा खेमराज प्रसाई पुनःनिर्वाचित

२७ वैशाख २०८३, आइतवार
Image

धुलाबारी, २७ बैशाख । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।

चालीस मतको झिनो मतान्तरले उहाँ बिजयी बन्नु भएको छ । उहाँले ७७३ मत पाउनु भएको थियो । 

अध्यक्ष पदको प्रतिष्पर्धी उम्मेद्वार किशोर क्षेत्री (कपिल)ले ७३३ मत प्राप्त गर्नुभयो ।

दुई प्यानल चुनावमा उत्रिए पनि मतदाताले मिश्रित परिणाम दिएका छन् । 

वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का (७५२ मत), उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला (७९५ मत), वाणिज्य उपाध्यक्षमा सन्तोष खवास (८०७ मत), महिला उपाध्यक्षमा उषा श्रेष्ठ (७८० मत) र महासचिवमा ध्रुव कनाल (७२४ मत) ल्याएर बिजयी हुनु भएको छ ।

निर्वाचनमा २०७४ मतदाता भए तापनि एक हजार ६०३ मत खसेको थियो । जसमध्ये २१ म तबदर भएको  थियो ।

बिजयीमध्ये वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष पदमा प्रसाई नेतृत्वको साझा प्यानलबाट हुनुहुन्छ भने उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव क्षेत्री नेतृत्वको समावेशी प्यानलको हुनुहुन्छ ।

सदस्य पदमा पनि मिश्रित परिणाम आएको छ ।