१३ वैशाख २०८१, बिहिवार

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो

४ माघ २०७९, बुधवार
Image

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

आज आईओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ ।आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।