१२ साउन २०८१, शनिवार

पूर्वी नाकाबाट साढे चार अर्बको तरकारी र फलफुल आयात

२३ वैशाख २०८०, शनिवार
Image

झापा, २३ वैशाख । चालू आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु. चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफुल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्ममा काँकडभिट्टा नाकाबाट एक लाख ८० हजार ८१७ मेट्रिक टन तरकारी तथा फलफुल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफुलभन्दा झण्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु. दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार ६५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ ।

सोही अवधिमा रु. एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार १६४ मेट्रिक टन ताजा फलफुल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।---