३ असार २०८१, आइतवार

नक्सलबाडीमा नेपाली सुमो दुर्घटना, १ को मृत्यु, ५ घाइते

४ जेठ २०८०, बिहिवार
Image

मेचीनगर, ४ जेठ । आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी गएको नेपाल नम्बरको टाटा सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको सुमोधनी विनोद तामाङले जानकारी दिए ।

उनले नक्सलबाढी छेउ पुग्दा सुमोको पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिएको बताएका छन् ।

गाडीमा सवार सबैजना नेपाली भएको र उनीहरु आसाम राइफलमा कार्यरत भारतीय आर्मी रहेको बुझिएको छ । भारतीय प्रहरीले घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सुमो दुर्घटना भएको बताए । उनका अनुसार दुर्घटनामा १ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ । थप जानकारी आउँन बाँकी छ ।

आसाम राइफलमा कार्यरत भारतीय आर्मी केहि दिनअघि छुट्टीमा 

लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।