१२ वैशाख २०८१, बुधवार

होटल व्यवसायीको ज्ञापनपत्र

विद्युत आपूर्ती नियमित गर्न माग

२६ जेठ २०८०, शुक्रवार
Image

मेचीनगर, २६ जेठ । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले मेचीनगरमा विद्युत आपूर्ती नियमित नगरेको भन्दै होटल व्यवसायी संघ नगरले ज्ञापनपत्र बुझाएको छ ।

आज होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)को अगुवाईमा गएको टोलीले

धुलाबारी वितरण केन्द्रका प्रमुख सुनिलकुमार महतोलाई विद्युत आपूर्ती नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विगतमा कोभिड–१९ र हाल आर्थिक बन्दीको चपेटामा परेर होटल व्यवसायीहरु व्यापार–व्यवसाय छाडेर पलायन हुने स्थिति आएको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा विद्युत आपूर्ती नियमित नभएकै कारण आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई होटलमा सेवासुविधा दिन नसकिएकोले व्यवसाय खस्कदो अवस्थामा पुगेको उल्लेख छ ।

अत्याधिक गर्मी बढ्दा पनि विद्युत प्राधिकरणले मेचीनगरको मुख्य बजार काँकरभिट्टा र धुलाबारीमा  छिनछिनमा विद्युत जाँदा समेत समस्या समाधानमा नलागेको संघको गुनासो छ ।

अहिले चलिरहेका ट्रान्सफर्मरहरु काम नलाग्ने अवस्थामा छन भने्, लोड पुग्दैनन् भने परिवर्तन गरेर भएपनि विद्युत आपूर्ती नियमित गर्न मागसहित ज्ञापनपत्र बुझाइएको अध्यक्ष श्रेष्ठले बताए ।

ज्ञापनपत्र बुझाउने टोलीमा अध्यक्ष श्रेष्ठ, महासचिव हस्तबहादुर तामाङ, संयोजक रामबहादुर तामाङ लगायत संघका पदाधिकारी तथा सदस्यहरु थिए ।


उपमेयरलाई ज्ञापनपत्र

यसैगरी संघले अव्यवस्थित हुँदै गएको काँकरभिट्टा बजारलाई व्यवस्थापनको पहल गरिदिन मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् ।

भन्सार प्रमुखलाई ज्ञापनपत्र

त्यस्तै पूर्वी नाका काँकरभिट्टामा एउटा पनि एक्सरे मेसिन नभएकोले नाकामा तुरुन्त एक्सरे मेसिन राख्न माग गर्दै मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलाई ज्ञापनपत्र समेत बुझाइएको अध्यक्ष श्रेष्ठको भनाई छ ।



लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।