६ पुष २०८१, शनिवार

यात्रा संस्मरण

आधा शताब्दी अघिको कर्णाली यात्रा–(भाग १)

७ कार्तिक २०८०, मङ्गलवार
Image

खास तिथि बिर्सिएँ, २०३२ सालको चैतको आखिरी र ०३३ सालको बैसाखको सुरुतिरको यात्रा हुनुपर्छ । यस यात्राका धेरै कुरा टिपोट गरेको थिएँ, नेपाली भाषा नै तर त्यताको भाषिकाका थुप्रै शब्दहरू टिपेको थिएँ, लोकगीतहरू लेखेको थिएँ । निकै वर्षसम्म त्यो नोटकापी हेर्दै राख्तै गरेको पनि हुँ । अचेल धुइँपत्ताल खोज्छु भेट्तिन । त्यो कापी हराउँदा दाँत फुस्किएजस्तै लागेको छ, थक्थकी छ । जस्तै थक्थकी पनि खप्नै पर्दोरहेछ । 

सानो ठिमी क्याम्पसमा विएड पढ्दाताका विद्यार्थी आन्दोलनमा आफू पनि लागेका कारण पव्रmाउ र जेलको हावा पनि खानु परेकाले आफ्नो शिक्षण अभ्यास छुट्यो । शिक्षण अभ्यास पूरा नगरी विएड् होइने कुरै थिएन । त्यसकारण अर्को समूहको शिक्षण अभ्यासको कार्यव्रmमसम्म काठमाडौंमा बस्न खर्चबर्च चाहिन्थ्यो । कुन सुत्र लाग्यो, मैले बिर्सें, तर युनसेफमा एउटा ‘चित्रावलीबाट संचार’ भन्ने प्रोजेक्ट सुरु हुनलागेको सुनें र म त्यसमा काम गर्न लागें । त्यही ‘चित्रावलीबाट संचार’को प्रोजेक्ट सन्दर्भमा युनिसेफले दुई–दुई जनाको टोली बनाएर एक टोली पूर्वाञ्चल, एक टोली मध्यमाञ्चल र अर्को टोलीलाई सुदूर पश्चिमाञ्चल पठाउने परे । 

त्यस प्रोजेक्टमा जान प्रशिक्षण लिनेमध्ये मैले आफ्नो कुशलताले त्यस अफिसमा धेरै प्रभावित पारेको थिएँ, त्यसैले त्यो दुईदुई जनाको ३ वटा समूहमा १ जनाले छोडेर गएपछि मेरो सिफारिसमा मेरै गाउँको एक बेलाको आफ्नै हेडसर, नेता चैतन्य सुब्बालाई समावेश गर्न पाएको थिएँ । अब हाम्रो टोलीमा म र चैतन्यदाइ हुने पक्कै थियो । युनिसेफको त्यस प्रोग्रामकी प्रमुख क्यानेडियन डायना फुसेलले मलाई सोधिन्– “ख्येरेल ! तपाई कत्ता जाने ?” उनले पूर्वाञ्चल, मध्यमाञ्चल वा सुदूर पश्चिमाञ्चल कुन क्षेत्र जाने रोज्न आग्रह गरिन् । 

चैतन्य दाइसँग कुरा भएकै थियो, मैले सुदूर पश्चिमाञ्चल जाने आफ्नो इच्छा राखें र त्यो अत्यन्तै सहजै स्वीकृत पनि भयो । त्यसैले अब हाम्रो प्रोजेक्ट सुदूर पशिचमको बन्यो । 

भोलिपल्ट हाम्रो कार्यक्षेत्रको कामको योजनाको पत्र हामीलाई प्राप्त भयो । हामीले बाँकेको दुर्गम मुस्लिम गाउँमा, दैलेख जिल्लाको दुर्गम गाउँ, अछामको त्यस्तै दुर्गम गाउँ र मुगुको पनि त्यस्तै पिछडिएका, विद्यालय नपुगेका ठाउँमा गई अध्ययन गर्नुपर्ने थियो । 

सुरुमा जानुपर्ने थियो नेपालगञ्ज, तर त्यहाँको हवाइजहाजको टिकट नपाइएकाले युनिसेफले हामीलाई भैरहवाको विमानको टिकट दिएर त्यहाँको सुनौली नाकाबाट गोरखपुर गई रेल चढेर रूपैडिहा भई नेपालगञ्ज पुग्ने समेत हाम्रो सम्पूर्ण यात्राको रुट मिलाएको योजना र पेस्की खर्च, हिंड्दा चाहिने बोक्ने झोला, सुत्ने रबरको डसना, स्लिपिङ व्याग, खाता, कलम, प्रश्नावली, स्टप वाच आदि सहित हामीलाई विदा गरे । 

जीवनमा हवाइजहाजको छेउसम्म पनि नपुगेको र गुनुनुनु आवाज गर्दा आँखामाथि हत्केलाको छाता राखेर अकास नियाल्ने, कमिलोजत्रो कुनै वस्तु अकासमा घस्रिँदै गरेको देख्ता न्यूटनले “युरेका ! युरेका !” भन्दै हौसिएझैं “उ हावाजाज !...” भन्दै औंल्याउने मान्छे मैले आज पहिलोपल्ट त्रिभुवन विमानस्थलबाट डेकोटा विमान चढेर भैरहवा जानुपर्ने थियो । मसँग थिए धेरैचोटी जहाज चढेका, जहाज चढाइका खली चैतन्यदाइ । आफ्ना झोलाझ्याम्टा, ताना–त्रिकुटा सबै बोकेर विमानस्थल गयौं । विमान चढ्दा कस्तो होला ? के साँच्चै आज हामीलाई बोकेको जहाज अकासमा उडेर जानसक्छ ? माथि अकासबाट तल पृथ्वीका घरहरू, बाटोघाटो, खोलानाला, वनजङ्गल कस्तो देखिएला ? कतिको कहाली लाग्ला हुइँक्याएर अकासमा उडाउँदा ? लिङ्गेपिङमा कस्सिएर मच्चाउँदाजस्तो एकोहोरो गएको गएकै गर्दा आतेसले सातोपुत्लो उड्ने हो कि ? अनेक कौतुहल मनमा बोकेको थिएँ । अलिअलि कुराकुरैमा साथीहरूले समयसमयमा सुनाएका अनुभवहरूले थुम्थुम्याउँथें । मनोविज्ञान बुझ्नुहुन्थ्यो यदि चैतन्यदाइले भने मेरा आँखामा अनेक डर र कौतुहलका अक्षरहरू पढ्नुहुन्थ्यो होला, तर उहाँ ढुक्क हुनुहुन्थ्यो र मप्रति पनि ढुक्क हुनुभएको लाग्थ्यो । 

तोकिएको समयभन्दा डेढ–दुई घण्टा ढिलो गरेर दाइ र म हवाइजहाजमा चढ्यौं । मैले ‘हर पललाई पव्रm ! हर क्षणलाई पव्रm !’ भनेझैं गरी कसरी दौडियो जहाज, कसरी जमिन छाड्यो, छाडेको कसरी थाहा भयो, उचाइलिँदै गर्दा काठमाडौं सहरलाई कसरी देख्तै पछाडिपछाडि छोड्दै गइयो ? त्यो सब दिमागमा रिकर्ड गर्दै गएँ । काठमाडौंको सहरको त्यो सुन्दर दृश्य तर कुन कता कुन कता त्यति धरहरा नभएको भए केही खुट्याउन मुस्किल पर्ने रहेछ । धरहराको निशानाले टुँडिखेल, अनि घण्टाघर, राजदरवार इत्यादि ठम्याउँदै गर्दा, वसन्तपुर ठम्याउन नपाई, न्यूरोड–चिडियाखाना ठम्याउन नपाई सुलुत्त टाढियो, छेलियो काठमाडौं । म आफू पढेको सानो ठिमी क्याम्पस पनि देखिन्छ कि भनेर आस गर्थें, तर अहँ ऽ! तीस–पैंतीस मिनेटमा त भैरहवाको विमानस्थलमा । तर यो विमानस्थलमा पुग्दा मेरो त हविगत भएकै थियो, हवाइजहाज चढ्नका खली चैतन्यदाइलाई पनि त्यस्तैत्यस्तै भएछ । कान सारो सारो दुख्यो । जहाजबाट बाहिरिएपछि कान दुख्ने त निको भयो तर वाकवाकी एकदम धेरै । मलाई त भयोभयो दाइलाई पनि त्यस्तै भएछ । 

विमानबाट बाहिर निस्कँदा अपरान्हको दुई–अढाइ त्यस्तै बजेको थियो होला । बाफ रे ! भैरहवा बजारलाई नै उडाएर झापातिर पु¥याइहाल्ला झैं गरी एकोहोरो पश्चिमतिरबाट पूर्वतिर बतास बेतोडसँग हुन्हुनाइरहेको थियो । कुहिरीमण्डल थियो वातावरण । हामीलाई विमानस्थलबाट भैरहवा बजार ल्याइपु¥याउन रिक्सावालालाई कस्तो महाकष्ट भएको थियो ! विचरा, ती रिक्सावालाले चढेर पाइडल चलाउन पाएनन्, हामीलाई रिक्सा घिस्याएर नै लाए भने हुन्छ । त्यसबेला रिक्सावालाले त्यस्तै एक–दुई रुपियाँ कति लिए । 

मैरहवाको त्यस हवाले साहित्यमा पनि रुचि राख्ने चैतन्यदाइले भूपि शेरचनको कविता सुनाउनु भयो–

भैंसीको – भै

रक्सीको – र

तातो हवाको – हवा

भैरहवा ।

वाकवाकी हराएकै थिएन । रिक्सावालाले ल्याएर एउटा होटेलमा  हामीलाई छोडेथे । दाइले “वियर खाउँ भाइ ?” प्रस्ताव गर्नुभयो । 

“मैले त आजसम्म कुनै रक्सी, वियर खाएको छैन दाइ !” मैले भनें । म र चैतन्यदाइ थेचम्बु हाई स्कुलमा दुई वर्षजति सँगै शिक्षक भएको हौं, वहाँ प्रधानाध्यापक, म शिक्षक भएर । त्यतिबेला रक्सीको खुपै गुनगान गरेर खान उत्प्रेरित गर्नुहुन्थ्यो । 

“यो त सुरापान भन्छन् नि भाइ ! देवताहरूले खाने चीज हो । यो खाएपछि जुन आनन्द हुन्छ नि, त्यो आनन्द त कसैगरी नखानेले अनुभव गर्नै पाउँदैन । एकै पल्ट भए पनि खाएर विचार त गर्नुहोस् भाइ !” भन्नुहुन्थ्यो । मैले अहिले वियरको प्रस्ताव गर्दा त्यो सम्झें पनि । 

उहाँले भन्नुभयो– “वियर त पश्चिमी मुलुकमा पानीको सट्टा खाने चीज हो । यताबाट जानेले त अझ त्यहाँको पानी पचाउन सक्तैनन् । एक–दुई बोतलसम्मले त मात पनि लाग्दैन । वियरमा अल्कोहल कति न हुन्छ र ! त्यसमाथि किन धेरै ? एक बोतल मगाउँ, दुई जनाले खाउँ !”

मैले पनि सम्झें– ‘आधा बोतल खाउँ न त ! मातिने रहेछ भने यसपछि नखाउँला !’ त्यसैले स्वीकृति जनाएँ । दाइले मगाउनुभयो । वेराले एक बोतल ‘स्टार वियर’ ल्यायो दुई वटा गिलासमा सारिदियो । 

मैले कुनै मिठो नलागीकन, तम्तम्याइलो त्यो पानी एक गिलास, स्टार वियरको आधा बोतल पिएँ । त्यसको कुनै केही असर थाहा पाइन । पानीको भन्दा अलग स्वादको झोल पिएँ । वियर नै पनि मेरो जीवनमा त्यही फस्ट र लास्ट पनि हो । त्यसयता कहिल्यै न आफूलाई खाऊँखाऊँ छ, न कसैले खाउँ भनेर प्रस्ताव नै गरेको छ । त्यो यात्राभरि फेरि चैतन्यदाइले पनि त्यो प्रस्ताव राख्नुभएन, राख्ने अनुकूलता पनि परेन । 

हत्तेरिका ! मेरो यो यात्रासंस्मरण विनावित्थाको हुन्छ कि क्याहो ? पचहत्ते लामो भएर पढ्नै मन नलाग्ने हुन्छ कि क्या हो ? मित्र देवेन्द्र सक्तेनजीले बाँदरलाई लिस्नो लगाइदिएर केको भाम्लामा पार्नुभयो हौ ? “तपाईंको संस्मरण राम्रो लाग्यो ! साह्रै राम्रो !! लु त्यो पश्चिमको यात्राको संस्मरण लेख्नुहोस् त !” भनेर सु¥याउनुभयो । फुरुक्क परेर हौसिएँ म ! झन्डै पचास वर्षअघिको त्यो बिर्सीमरेको यात्रा जगाउन लागें । अब मेरो लेखाइले जुन अलिअलि माया पाएको थियो साथीभाइको, एकै छाक हुने भयो भन्ने लाग्दैछ । लेख्न थाली त हालें । न मुछ्नुपथ्र्यो कम्बलमा सातु, अब घिनाएर कहाँ धर पाइने भयो र ! 

आफ्ना झोलाझ्याम्टा लिएर भैरहवाबाट सुनौली सीमा हेर्दै पारि तरेर बसबाट गोरखपुर गई रेल चढ्नु थियो । सुनौली सीमामा नै एउटा झमेलामा परियो । हामी दुबै दाजुभाइले हिड्न सजिलो हुन्छ भनेर जीनका ज्याकेट पेन्ट (‘काउव्याइ’ भन्थे त्यो बेला) एकै रङ र एकै नमुनाका लगाएका थियौं । यो पोशाक एउटा हामीमाथि शङ्का गर्ने विषय बनेछ, अर्को हाम्रा साथमा हामीले आवश्यक पर्ने स्टप–वाच ९कतयउ धबतअज० बोकेका थियौं । 

युनिसेफले दिएका कतिवटा प्रश्नहरू ती सोधिने व्यक्ति ९अष्भिलत० लाई सोधेपछि त्यो प्रश्नको उत्तरा गर्न उनलाई कति समय लाग्छ ? त्यो जान्नका लागि त्यो स्टप–वाच थियो । त्यहाँ त्यो सिमानाको भारतीय पुलिस “यो के हो के ? यो लैजान पाउनुहुन्न’” भनेर त्यो माल जफत गर्न खोज्छ । चैतन्य दाइलाई हिन्दी बोल्न त्यति नआउँदो रहेछ । मैले नै दह्रो गरी भनें– “युनिसेफ खाली नेपालका ही नहीं है । ये तो इन्टरन्यासनल संस्था है । आपका भारत में भी होगा । ये अफिस से दी गई चीज है, और हम युनिसेफ अफिस की ओर से जा रहे हैं । ये कोही खतर्नाक डेन्जरस चीज नहीं है, खाली समय का माप करता है । इसके बगैर इसका कोही काम नहीं ।” मैले अनेक कुरा भनें । 

घण्टौं गलबाजी भयो । अन्त्यमा म त्यहाँको अफिसप्रमुखसँग गएर समस्या राखें र दङ्ग्याएँ पनि– “अगर आपलोग हमें जाने ही नहीं देते, या हमारा ये सामान जब्त कर लेते हैं तो हमलोग यहीं से लौटेंगे, और हमको जाने नहीं दियागया कहके रिपोर्ट करेंगे । बिना उस चीज को उधर जाकर हमारा काम नहीं ही होगा !” अन्त्यमा हामीलाई हाम्रा सामान लिएर सकुशल जान दिए । 

हामी गयौं । गोरखपुर पुगेर रेल चढ्यौं । भोलिपल्ट बिहान हामी नेपालगञ्ज भित्रिने सीमा नाका रूपैडिहा पुग्यौं । रूपैडिहामा रेलबाट उत्रिएर अब नेपालगञ्ज जाने सवारीको खोजीमा थियौं । त्यहाँ एक्काहरू यताउति कुदेको, घोडालाई कति राम्रा फूलहरू लगाइदिएर सजाएको, एक्काका बस्ने ठाउँ पनि हिरोहिरोइनका नक्साहरू टाँसेर बसौं बसौं जस्ता बनाएका देखिन्थे । आ–आफ्ना झोलाहरू लिएर चैतन्यदाइ र म ढाटतिर बढ्न लागेका थियौं । त्यही बेला त्यो एक्काको सवारीवालाले भन्यो– “आइए ! ताङ्गे में चलिए !”

मेरो मुखबाट फुत्कियो– “हम को ताङ्गे जाना नहीं है ! जाना है नेपालगञ्ज !” मलाई त उसले ताङ्गे भन्ने ठाउँ जान बोलाएको भन्ने लागेछ । झ्यास्स “ए ताङ्गेवाले !...” भन्ने गीत बजेको जस्तो भयो । त्यस्सै म हिस्सिएँ जस्तो भएँ र आफूलाई समाल्दै “नेपालगञ्ज के लिए कितना लोगे ?” सोधें । हिन्दी जान्ने जस्तो भएर पटर–पटर गर्दै गरेको जिब्रो समाइएजस्तो भएको थिएँ चैतन्यदाइका अगाडि । दाइले म त्यसरी हिस्सिएको थाहा पाउनु नै भएन कि, थाहा नपाएको बहाना गर्नुभयो, मैले नबुझीकन रह्यो । 

सायद दुई–अढाइ कति रुपियाँमा ताङ्गेमै हामी नेपालगञ्ज आयौं । नेपालगञ्जमा भेरी अञ्चलाधीश ऋतुवर्ण तुम्बाहाम्फे थिए । उनी चैतन्य दाइसँग पूर्वपरिचित रहेछन् । हामी त्यहीं अञ्चलाधीश कार्यालयका पाहुना भयौं । प्रसिद्ध विद्वान वल्लभमणि दाहालकी श्रीमती सुभद्रा सुब्बा पनि त्यहीं रहिछिन् । उनी त्यहाँ अवधी भाषामा विद्यावारिधी गर्नका लागि स्थलगत अध्ययन गर्न गएकी रहिछिन् । मेरा लागि यो प्रोजेक्ट त दोब्बर तेब्बर फाइदाकारी भयो । धेरै यस्ता व्यक्तिहरूसँग भेटघाट र परिचय हुनु सर्वथा ठुलो कुरा हो । 

मलाई लाग्छ, जान पहिचान नै संसारमा सबभन्दा ठुलो सोर्सफोर्स हो, सबभन्दा ठुलो ताकत हो । जान पहिचान भए कोही पनि काहीं पनि अभरमा पर्दैन । जान पहिचानले ठुलै सङ्कन मोचन गराउने ताकत राख्छ । 

दुई दिनपछि अञ्चलाधीशको गाडीले गाडी चल्ने बाटोसम्म बाँकेको पूर्वीभाग मुस्लिम बस्ती नजिक ल्याएर हामीलाई छोडिदियो । 

हामी त्यो ‘नरैनापुर’, यस्तै नाम थियो जस्तो लाग्छ, गाउँको मुस्लिमबस्तीका झुप्राझुप्रामा जान लाग्यौं । हामीले ती गरिब र अशिक्षित मान्छेहरूलाई धेरै कुरा सोधपुछ गर्नुपथ्र्यो, हामीले परिपरिका सैयौं नक्सा बोकेका थियौ र ती नक्सा देखाउँदै “के बुझ्छौ ? यो केको नक्सा हो ?” आदिआदि सोध्नुपथ्र्यो । उनीहरू जे उत्तरा गर्थे, उनीहरूले बोलेकै शब्द–वाक्य हामीले टिप्नुपथ्र्यो । 

हामीबारे त्यहाँ ससानो झुटा प्रचार हामीअघिअघि पुगेको रहेछ– “नेपाल सरकार यहाँका मुसलमानलाई पाकिस्तानतिर खेदाउन अनेक निहुँ खोज्दैछ । त्यसैका लागि २ जना नेपाली यहाँ आएका छन् ।” भनेर । पहिलो कुरा त यो झुटा प्रचार चिर्न हामीलाई अलिक मिहिनेत गर्नुप¥यो । अर्को मुस्लिमहरूको बुर्का प्रथाले पनि समस्या थियो । हामीलाई अफिसबाट सय जनाको अन्तर्वार्ता लिँदा सकेसम्म पचास नभए पनि चालिस त महिलाको अन्तर्वार्ता हुनै पर्छ भनिएको थियो । अब मुस्लिम महिला हाम्रासामुन्ने आउँदै नआउने । 

चैतन्यदाइ र मैले एउटा जुक्ति सोच्यौं । ‘उनीहरूसँग पानी मागेर खाऔं, उनीहरूसँग खाना पनि पकाइ मागेर खाऔं, उनीहरूकै घरमा बास बसौं, अनि मात्र हामी हाम्रो काम गर्न सक्छौं नत्र सक्तैनौं ।’ त्यसै ग¥यौं । 

त्यो बेलामा सैद्धान्तिक रूपमा ‘जातपात मान्दिन’ भन्नु, सबै धर्म बराबरी भन्नु र त्यो यथार्थमा पालन गर्नुमा कति ठुलो फरक रहेछ भन्ने हामीले बुझ्यौं । ती गरिब मुस्लिमका घरमा ती कुच्चिएका काला आल्मुनियमका भाँडामा तिनले पकाएको भात, त्यस्तै नराम्रा कुच्चिएका ठाउँमा कालो लेघ्रो जमेका थालमा, बोव्रmैसँग भुटेका कालैजस्तो देखिने आलुको सब्जीसँग भात खाँदा साँच्चै त्यहाँ गाईको रगत कट्कटिएको छ जस्तै गरी दिगमिग त लाग्यो पनि, तर केही नभएको अभिनय गरेर खायौं । पछिबाट त्यो पहिलो–दोस्रो गाँस खाँदाको अनुभूति दाइ र मेरा बीचमा साटासाट पनि ग¥यौं, मलाई जस्तै उहाँलाई पनि निकै कठिन नै भएछ । 

एक त गरिब, दोस्रो मधेशी मुसलमान किसान, घामले डढेर काला । यो घरको हे¥यो कुरूप, नराम्रा, ऊ घरका हे¥यो त्यस्तै नराम्रा न नराम्रा । तर त्यहीं तीन–चार दिन बसेपछि त तिनीहरूबीचकै तुलनात्मक रूपमा अलिक उमेरका, अलिक जवान, अलिक मिलेको शरीर अनुहार भएका राम्रा लाग्ने हुँदै गए । सुरुसुरुमा उनीहरूसँग भाषाको पनि कठिनाइ थियो, तर बिस्तारै त्यो सहज पनि भयो । चार–पाँच दिनमा काम सकेर हामी नेपालगञ्ज फर्कियौं । तैपनि आइमाईले बच्चलाई दुध खुवाउँदै गरेको नक्सा देखाउँदै “यो केको नक्सा हो ?” भनेर सोध्दा– “मेहरारु मेहरारु तनत लागत, हजुर !” (आइमाई आइमाई जस्तो लाग्यो हजुर) भनेको कानमा बसिरहेको छ । 

नेपालगञ्जबाट हामी विमानबाटै सुर्खेत गयौं । सुर्खेतमा त्यसबेला माटाले लिपेका थोरै घर मात्र थिए । डङ्डङ्ती धुलो उड्ने बाटो थियो । ढ्याप्प बसेको विशाल टार जस्तो लाग्ने सुर्खेत उपत्यका प्रकृतिले उपहार दिएकै हो नेपाललाई भन्नुजस्तो लाग्ने देख्यौं हामीले । हाम्रो सुर्खेतमा काम थिएन । त्यसैले सुर्खेतको भित्ताबाट उकालो लाग्यौं । माथि धरानबाट हिड्दा चिउरीबास, साँघुरी जस्तै ठाउँमा राता नाङ्ला भन्ने ठाउँहुँदै डाँडा काटेर पल्लापटि तल खोलो डुङ्गेश्वर थियो कि नाम, त्यसको किनार हुँदै गयौं । उकालो चढेर दैलेखको सदरमुकाम दैलेख पुग्यौं । 

अर्कोदिन त्यही बाटो ओर्लिएर तलको त्यही डुङ्गेश्वर खोला ज्वालेश्वरमा तरेर दुल्लुतिर उकालो लाग्यौं । ज्वालेश्वर किनारमा एक मन्दिर थियो । मन्दिरभित्र बिना कुनै दियो, बिना कुनै वर्तन–बाती निरन्तर ज्वालो बलिरहेको थियो । मुनिको खोालमा पनि ठाउँ पैल्याउन सक्ता यस्सो पातले घेरो लाएर त्यस्तै ज्वालो बाल्न सकिन्छ भन्थे मान्छेहरू । त्यो मन्दिरमा कुनै सलेदो या वर्तनबिना बलिरहेको बत्ती प्राकृतिक ज्वलनशील ग्यासको करामत हो भन्ने अनुमान मात्र मेरो दिमागले ग¥यो । अरु बढी त के भेउ पाउनु र ? तर त्यहाँ त दैवीशक्तिको चमत्कार सम्झिनेहरू मात्र थिए । त्यस डुङ्गेश्वर (?) खोलाको किनारमा ठाउँठाउँमा यस्ता ज्वालेश्वर छन् भन्थे । तर हामी हाम्रो मिसनमा थियों । हाम्रो यात्रा दुल्लुहुँदै माथि पल्लापटि सिंगासेन गाउँ जानु थियो । उकालो जाँदै गर्दा तिर्खाले हामीलाई बाटाछेउको घरमा लग्यो । हामीले पानी माग्यौं । घरकी आमाले हामीलाई सोध्नुभयो– “तुमी को हौ ?”

मैले भनें– “हामी विद्यार्थी हौं ।”

सोध्नुभयो फेरि– “काँ’ट आयौ ?”

मैले भनें– “हाम्रो घर त यहाँबाट काठमाडौं पुगेर, त्यति नै पूर्व जानुपर्छ । नेपालको सबैभन्दा पूर्वमा पर्छ हाम्रो घर ।”

“हेर ! हामी त जुइँतीको उइँती छौं । तुमी वाँदेखि औंदाभयौ !” उहाँले दुःखेसोको स्वरमा त्यसो भन्दै पानी दिनुभयो । 

यो “हामी त जुइँतीको उइँती छौं” हाम्रा लागि सर्वथा नौलो भाषा थियो, साँच्चै नौलो पनि लाग्यो ।

दुल्लु दरबार पुग्यौं । त्यहाँको दरबारका वरिपरि घुम्यौं । त्यहाँ देख्ता निकै ऐतिहासिक बोध हुने दृश्य थिए, तर त्यो ऐतिहासिकता पढ्ने आँखा आफूसँग थिएनन् । नेपाली भाषा आफ्नो विषय भएको भए सउँपाल अडै लिखित १०३८ को राजा दामुपालको शिलालेख म पनि हेर्दो हुँ त्यहाँ । अझ अचेलको जस्तो मोवाइलले फोटो खिच्ने राख्ने, मोवाइलमै देखे–सुनेका कुरा टिपोट गर्ने सुविधा भएको भए ? भिडियो रिकर्ड गर्ने, ध्वनी नै रिकर्ड गर्ने यस्तो सहज सुविधा भएको भए ? के–के न खालो सारिन्थ्यो कि झैं लाग्छ । हुन त अचेल ती सब सुविधा हुँदा पनि केही लछार्पाटो लगाइएको भने छैन । 

अँ, साँझमा हामी निकै लेकमा बास बस्न पुग्यौं । हामी गाउँका सबै बासिन्दा भन्दा अलग्गै, छुट्टै चिनिने थियौं नै । मलाई अचेल लाग्छ, त्यतातिर जाँदा सामान्य कमेज सुरुवाल, टोपी लगाएरै गएको भए पनि त हुन्थ्यो नि ! जीनका ज्याकेट–पेन्टको युनिफर्ममा झैं थियौं चैतन्यदाइ र म दुबै जना । 

बास बसेका घरकी आमाले हामीलाई सोध्नुभयो– “काँसा द्वाइ छ ?”

मैले उहाँले भनेको नबुझेर फेरि सोधें, उहाँले दोहो¥याउनु भयो, “काँसा द्वाइ छ ?”

चैतन्य दाइले पनि बुझ्नुभएन । केही बेरपछि उहाँका छोरा आइपुगे, अनि आमाले सोधेको हामीले नबुझेको प्रसङ्ग उठाएपछि उहाँले बताउनुभयो– “खाँसीको दबाई छ कि ?” सोध्नुभएको रहेछ । हामी छक्क प¥यौं । भाषामा अलिकति लवजले कति अप्ठेरो पा¥यो त !

भोलिपल्ट हामी कर्मक्षेत्रमा पुग्यौं । सिंगासेन जस्तो लाग्छ गाउँको नाम । त्यहाँ त कस्तो आनन्द आयो –

सूर्यको नक्सा देखाएर सोध्यौं “यो के हो ?” उत्तर “वेल !”

बच्चा पिठ्यूमा बोकेको महिलाको नक्सा लाई– “गेल पिण्ड ला’छ !”

पलेंटी मारेर बसेको नक्सा छ– “चुच्चुमुडे हालेर बसेको छ ।”

हवाइजहाजको नक्सा देखाएर सोध्छौं– सचिलै “चीलगाडी !”

सूर्यलाई उनीहरूले ‘वेल’ भन्दाखेरि उनीहरूको एउटा लोक गीत याद आयो– उमलदार तम्रा दन्त उदय वेल जैसा

ती दन्त झड्याका बेला लाटीका डेल जैसा ।

(उमेरमा तपाईंका दाँत उदाउँदा घामजस्ता, ती दाँत झरेपछि त लाटीका चाक जस्ता) 

नक्सा बुझेनन् भने– “राया नाईं ! धेक्या नाईं ! क्या नुँ ?” (बुझेकै छैन, देखेकै थिएन, के भन्नु ?)

हामी दैलेखको काम सकेर अब अछाम जानु थियो । जिल्लामा काम गर्न, सदरमुकामबाट त्यो दुर्गम गाउँसम्मको कोस प्रमाणित गरी लिनुपथ्र्यो । कुन गाउँ पन्चायतमा हामीले कुराकानी गर्नुछ त भनेर त्यो जिल्ला प्रशासनमा जानकारी पनि गराउँनु पथ्र्यो । 

पादुका स्थान भन्ने ठाउँ बाटैमा थियो । ज्वालेश्वरमा झैं दुई वटा ज्वाला बलिरहेका थिए त्यहाँको मन्दिरमा पनि । नजिकै कर्णाली नदी बगिरहेको थियो । कर्णाली नदी तरेर अछाम जिल्ला प्रवेश ग¥यौं । विहानको खाना खाने बेला हुन लागेको  थियो । हामी भोकाएका पनि थियौं । “खाना खान पाइन्छ कि ?” सोध्थ्यौं । हाम्रो प्रश्न नबुझ्दा रहेछन् । भरेभरे थाहा लाग्यो– “खर्च खान पाइन्छ ?” भनेर सोध्नुपर्ने रहेछ । पश्चिम नेपालतिर यता पूर्वतिर जस्तो साझा भाषा चल्दैन । अछाममा बेग्लै अछामी, मुगुमा बेग्लै मुगाली, जुम्लामा बेग्लै जुम्ली भाषा । ‘केटाकेटी’ भन्नुपर्दा काहीं ‘फल्यौटाफल्यौटी’, काहीं ‘छोट्टाछोट्टी’, काहीं ‘छोरेट्टाछोरेट्टी’ भन्ने । 

थुप्रै शब्दहरू हिन्दीबाट अपभ्रंश भएर आएका जस्ता पनि । कोनि धेरै लहनतहन भारततिर, नैनिताल, पञ्जाब, हरियाना, बम्बईतिर काम गर्न जाँदा ल्याएका पनि हुन् कि ? गोरुलाई ‘बल्ल’ भन्ने बयलबाट भएको हो कि ? रुखलाई त सिधै पेड नै भन्ने । 

अछामको मङ्गलसेनमा पुग्यौं । त्यहाँको ऐतिहासिक दरबारमा जिल्ला प्रशासन कार्यालय रहेछ । त्यहीं आफ्ना सरोकारका काम ग¥यौं । विमानस्थल साँपेवगर निकै पूर्वउत्तरमा रहेछ । त्यता गएनौं । यता दक्षिण पूर्व कुनाको दुर्गम गाउँ ‘कालकाँडा’ जस्तो लाग्छ नाम, त्यहाँ गर्ने भयौं हाम्रो अध्ययन । यतैबाट जुम्ला जान नजिक पर्छ भनेर । 

मङ्गलसेनको त्यो पहिलाको रजौटाको दरवार दरवार जस्तै नै थियो । पछि माओवादीले आगो लाए, ध्वंश गरे भन्ने सुन्दा त्यो ३३ सालको बैसाखतिर देखेको भवनको अलिअलि माया बचेको रहेछजस्तै लाग्यो । नरमाइलो लाग्यो । 

बाटामा पर्ने ठाउँहरूका नाम भुसुक्कै विर्सिएकोमा थकथकी लागेको छ । बाटो हिडेका बेलामा भने एउटा अर्को कुरा खट्किन्थ्यो, यता पूर्वतिर राईलिम्बुहरूले आफ्नो संस्कृतिअनुसार बाटामा ठाउँठाउँमा आफ्ना पितृहरूका नाममा चौतारा बनाएका छन् । ठाडै उकालो हिडिरहेका बेलामा पनि छिनछिनमा सुस्ताउन पाइन्छ । बाटाछेउमा वरपिपल रोप्ने संस्कृति यतातिर अलिक बढी रहेछ । त्यो त्यतातिर नपाएको हामीले धेरै बोध ग¥यौं । त्यता अछामतिर, कालिकोटतिर या जुम्ला मुगुतिर घन्टौं हिड्दा पनि एउटै चौतारो नपाइँदा, एउटै वरपिपलको शीतल नभेट्ता यो चौताराको संस्कृति कति महत्वपूर्ण रहेछ भन्ने लाग्यो । 

बाटामा अनेकन गफ गर्दै हिड्थ्यौं चैतन्यदाइ र म । उहाँका दारीजुँघा थिएनन् । मङ्गोल अनुहार । उहाँ मभन्दा पाँच छ वर्ष जेठो भए पनि मान्छेहरू हामीलाई हेरेर भन्थे– “दाइ चैं भाइ अरे, अनि भाइ चैं दाइ अरे !”

कालकाँडामा हामी दुई–तीन दिन बस्यौं । यहाँ दुई–तीनवटा कुरामा भने यता पूर्वतिरको भन्दा छुट्टै कल्पनै गरिनसक्नु भिन्न कुरा देख्यौंसुन्यौं । भाषामा भेद त छँदैछ । हामीले दोभाषेकै सहयोग लिनुपथ्र्यो कति कुरामा । तर हिन्दाहिन्दै सम्पर्क बढाउँदा बढाउँदै भाषाको हकमा अब आफू बोल्न नसके पनि हामी बुझ्ने हुँदै थियौं । तर हामीले बोलेको उनीहरू बुझ्थे, उनीहरूलाई राम्रो पनि लाग्थ्यो अरे । बरु उनीहरूले बोलेकै हामीलाई बुझ्न अप्ठेरो । 

पूर्वतिर नदेखिने एउटा कुरा हो ‘राउटे’ । राउटे भन्ने जङ्गलीजस्तो जाति त्यताउँदो हिड्दा रहेछन् । काठका सामग्री बनाउने, गाउँलेसँग अन्नमा साट्ने, जङ्गलका राजा हौं भन्ने, जङ्गलमै बस्ने । जङ्गलका ढेडु बाँदर पासोमा पारेर समात्ने, त्यसले धेरै छाक टार्ने । बाँदर सकिएपछि त्यो जमातै ठाउँ सर्ने । ढिकी, ओखली, खाट, मुस्ली, आरी आदि काठका सामग्री गाउँलेको मागअनुसार बनाएर ल्याइदिने, ल्याएपछि गाउँलेले राख्नै पर्ने, राखेन भने उसले जसरी पनि राख्न बाध्य पार्ने रहेछन् । 

राउटेहरू टुनामुना गर्न जान्दछन् भनेर पनि गाउँलेहरू यीसँग डराउँदा रहेछन् । राउटेका परिवार, तिनको चलन, बसाईं सराईको पारा आदि बारेमा विस्तृत सुन्यौं । यिनीहरू भोटेजातिसँग भने जारको सम्बन्ध भएकाले साह्रै डराउँछन्, ‘जाड’ भन्दै देख्नासाथ भाग्छन् भन्थे । 

अर्को अचम्मको कुरा हामीले देख्यौं । हामी बसेको घरकी ६÷७ वर्षकी लाग्ने छोरीले घाँटीमा पोते लगाएको देखेर मैले त्यस घरकी आमासँग भनें– “हाम्रातिर चाहिँ बिहे नगरेका केटीले यसरी पोते लगाउँदैनन् ।”

तर ती आमाले त हामी चकित हुने कुरा भनिन्– “हाम्राति नपइन्दा ! यी त बिहेपछि अर्कै पोइ ग¥याछिन् ।”

अनि यस्तो केटाकेटीमै कसरी त्यस्तो हुनसक्छ ? हामीलाई खुल्दुली हुने नै भयो । तर ती आमाले भनिन् र हामीले बुझ्यौं, केटीका दिदीहरू, फुपूहरू, काकी–सानीमाहरूले उल्क्याउँछन् र आफ्नो बेउलो छोडेर अर्कैसँग जाने पार्छन् । यस्तो खराब चलन त्यो हामी गएको २०३३ सालसम्म थियो । 

सरसफाइमा साह्रै हेल्चेव्रmाइँ त्यतातिर । साह्रै नपत्याउँदो पारा देखियो । सरसफाइको कुरा त परम्परा र संस्कार रहेछ । त्यतिबेला हामीले आँखाले देखेको कुरा भन्ने हो भने नभएको कुरा बढाएर भनेकोझैं हुन्छ । 

हामी एक जना निमाविका प्रधानाध्यापकका घरमा बसेका थियौं । पहिलो दिन खाना खाने बेलामा हामीलाई गहुँका रोटी खान दिने भए । ‘भइगयो त, आज रोटीले टारौं’ भन्ने ठानेर हुन्छ भन्यौं । भरे त खोसेलाका पिरा जत्रा चार वटा रोटी थुन्चेमा ल्याएर अगाडि राखिदिनु भयो । चारमध्ये तीन वटा फिर्ता ग¥यौं, एउटालाई चैतन्यदाइ र मैले बाँडेर बल्लबल्ल खाइसक्यौं । 

अर्को दिन हामीले खाना पकाइदिन अनुरोध ग¥यौं । खाना पकाएर ठुलठुला काँसे थालमा पस्किएर हामीलाई दिनुभयो । बाफ रे ! थालको भातले नढाकेको भागमा त धुलौटोजतिकै धुलो छ । त्यहाँ औंलाले आफ्नो नाम लेख्ता प्रस्ट लेखिन्छ । त्यो कुरा चैतन्यदाइ बाँचिरहनुभएको भए उहाँ पनि सम्झिनुहुन्थ्यो । हामी दुबैले भातलाई बाँकी थालतिर जान नदिई माथिमाथिको भात खायौं । ती थालहरू कति दिनदेखि खुलै राखिएका रहेछन् । 

अर्को कुरो हो ‘बादी’ बारेको । जसरी हाम्रातिर राउटे भन्ने जङ्गली जाति छैनन्, त्यस्तैगरी बादी भन्ने सहरी जाति पनि हाम्रातिर छैनन् । बादी बारे छनक त हामीले बाँकेको नरैनापुरतिर पनि पाएका हौं । त्यहाँ मुस्लिम गाउँमा हामी काम गर्दैगर्दा एक जना हिन्दुका घरमा छोराको हो न छोरीको हो, बिहे थियो । त्यहाँ गाउँलेहरूले कुराकुरैमा भने– “यहाँ आज रण्डीनाच पनि छ, हेर्न जानुपर्छ ।”

‘रण्डीनाच’ यो शब्दले अचम्म नपार्ने कुरै थिएन हामीलाई । पछिबाट दुल्लुमा आएपछि अलिक  बढी कुरा खुलासा भएको थियो । त्यो ‘रण्डीनाच’ भनेको त हामी पूर्वतिरकाले सम्झिएको ‘रण्डी’ शब्दसँग मिल्ने होइन रहेछ । त्यो एउटा जातिविशेषको कुरा रहेछ, त्यो बादीहरूसँग सम्बन्धित रहेछ । अब त धेरै स्रष्टाहरूले जानकारीमा लिएको होला । सरस्वती प्रतीक्षाको ‘नथिया’ भन्ने उपन्यास पनि आएको छ, रामलाल जोशीको मदन पुरस्कार प्राप्त ‘ऐना’ कथा संग्रहका कथामा पनि आएकै छ । 

बादी भन्ने अहिले एउटा जाति छ सुदुर पश्चिमतिर । पहिला राजारजौटाका दरबारमा राजारानीका मनोरञ्जनका लागि पुरुषले गाउने बजाउने र नारीले नाच्ने पेशेवर मान्छे थिए । आमा नाच्ने, छोरी नाच्ने, बुबादाजुहरूले बाजा बजाउने । तरुनी छोरीहरू त राजाका राजकुमारका खेलौना नै हुने भए । नाचे गाए खाए । उनीहरूको मनमा कुनै स्वतन्त्र जीवनको अभिमानको या अहंको भाव पनि हुने भएन । त्यो दलिएर थिचिएर बस्न बाध्य भयो । हुँदाहुँदा ती नाच्न र गानबजानमा मात्र लागिरहँदा खेतीपातीको कुरा उनीहरूको सोचमै आएन । उनीहरू त्यसैमा मगनमस्त थिए, त्यसैबाट उनीहरूको गुजारा पनि चल्थ्यो । यसैले उनीहरूले बालीनाली लगाएमा, गोडमेल गरेमा त्यो कुहिन्छ, फल्दैन भन्ने आख्यान नै बन्यो । 

जब राजारजौटा उन्मुलन भए, मुलुक एकीकरण भएर एउटा राजाको राज्य चल्न थाल्यो, तब यी नाचगानबाट जीवन निर्वाह गर्नेको स्थिति खेतीपाती खोलाले बगाएर सुकुम्बासी भएका किसानको जस्तो बन्यो । एकातिर खेतीपाती गर्ने संस्कार नै छैन, बालीनाली कुहिन्छ भन्ने संस्कार छ, हातगोडा पनि लाग्दैनन्, तब यिनीहरूले पुरुषहरूले गानबजानबाटै र स्त्रीहरूले आफ्नो रूप र शरीरबाटै निर्वाहको बाटो खोज्ने भए । अनि गाउँठाउँका धनीमानी, सेठसामन्तले बोलाएका बेला यस्तै उत्सव पर्वमा नाचगानमा जाने नत्रभने निर्वाहका लागि जेजसरी बाँच्न सकिन्छ त्यो गर्ने गर्दा रहेछन् । त्यो दलित र हेपिएको जाति रहेछ ‘बादी’ जाति । 

अछामका गाउँमा पनि थरी मुखियाहरूले समय समयमा यी बादीलाई बोलाएर नचाइ आनन्द लिने गर्दारहेछन, त्यो हामीले त्यहाँ देख्यौं । 

अछामको भाषिकाका अनेक शब्दहरू सुन्यौं । हामी पूर्वतिरका भन्दा सभ्यतामा शिक्षामा धेरै पिछडिएका मानिसहरूको स्थिति हे¥यौं । देवीदेवताप्रति उनीहरूको विश्वास, अन्धविश्वास, छुवाछूत र जातपातको अत्यन्त कहालिलाग्दो चेत देख्यौं । हरेक क्षेत्री बाहुनका घरका ढोकामा तिलानीपानी राखिएको, बाहिरफेर खेततिर वा हाटबजारबाट फर्केर घर आइपुगेपछि त्यो आउने मान्छेले भन्छ– “को छ घरमा ? मलाई छिटा दियो त !” घरको मान्छेले त्यो तिलानीपानीले टाउकामा, शरीरमा छिटा दिएपछि अनि मात्र भित्र पस्ने चलन छ । खेतीपातीमा वा हाटबजारमा डुमसँग बोलियो, छोइयो होला भनेर शुद्ध गरेको अरे त्यो छिटा दिएर । त्यो हाम्रा यतातिर मैले नदेखेको नजानेको चलन थियो । 

अछामको काम सकेर हामी अब जुम्लातिर लाग्नुपर्ने भएकाले बाटा लाग्यौं । हामीले कर्णाली नदी तर्नुपर्ने भयो । हामीले तर्ने त्यो कर्णाली नदीमा त साँघु छैन पो । एउटा बाबियोको ठुलो लठारो वारिपारि दुबैतिर बाँधिएको छ । त्यतारिका हामीजस्तो लाठेमान्छे त थपक्क एउटा डेढ फुटजति लामो, बीचमा धनुजस्तो भएको काठ त्यो डोरीमा राख्छन्, त्यस काठको दुई छेउ डोरीले आफ्नो शरीरलाई खस्नबाट जोगाउने पाराले बाँध्छन् र डोरीमुनिबाट अकासतिर फर्किएर त्यो डोरीमा हात र खुट्टा फटाफट चलाएर वारिपारि गर्दारहेछन् । मानिसको तौलले डोरी लच्किएर बीचतिर पुग्दा त कर्णालीको पानी छुन भेट्छ भेट्छ जस्तो हुँदो रहेछ । 

हामी त त्यसरी तर्न सक्तैनथ्यौं । हामी जस्ताका लागि त्यहाँ डोरीमा अल्झाएको कोव्रmोजस्तो रहेछ । त्यो कोव्रmामा हामीलाई बसाएर बाँध्ने, डोरीमा झुन्डिएको कोव्रmोलाई अर्को सानो डोरीले बाँधेर पारिपटिबाट तानेर तार्ने । डोरीमा आधासम्म त त्यो कोव्रmो सरर्र जान्थ्यो । त्यस कोव्रmाले कर्णालीको छाललाई छुन छुन खोज्थ्यो । बाबियोको डोरीको यो तुइन, चुँडियो कि जीवन त ‘चल् भाइ सीताराम’ हुन्थ्यो । हेर्दा त बाबियोको डोरी चुडिन्छ कि, चुडिन्छ कि जस्तो डरमर्नु । डराएर अर्को उपाय नै थिएन । कि त यात्राबाट अब फर्कनुप¥यो, कि भने जे त होला भनेर हिम्मत गर्नुप¥यो । 

त्यहाँका मानिसहरू यस डोरीलाई झुगला भन्दा रहेछन् । पछिबाट सुनें त्यो तुइन रहेछ । बाबियोको डोरीका सट्टा फलामको लठारो भएको तुइन पछि मैले देवघाट छेउमा, अर्थात् त्रिशुलीमा नारायणीमा देखें । हामी चैतन्यदाइ र म पालैपालो त्यो कोव्रmाजस्तामा बाँधिएर तारियौं र गयौं । 

कर्णाली तरेपछि अलिक माथि गाउँमा पुगेर जुम्ला जाने बाटोबारे सोध्यौं । गाउँबासीले दुई वटा बाटो भएको कुरा गरे । एउटा बाटो उकालो जाने, माथि मान्मु निस्किने र त्यताबाट डाँडाकाटेर पल्लापटि तीलाका किनारमा ओर्लिएर जाने । अर्को बाटो यहींबाट तेर्सो लाग्ने, तर बाटो साह्रै अप्ठेरो छ । यो बाटो जानसकेमा माथिको बाटोभन्दा तीन–चार घण्टा छिटो हुन्छ । 

उनीहरू ‘भिर’लाई ‘भिड’ भन्थे, ‘अफ्ठेरो’लाई ‘अठ्पेरो’ भन्थे, ‘शीतल’लाई ‘शील्त’, ‘पातल’लाई ‘पाल्त’ भन्थे । उनीहरूले भने– “भिड् छ, अठ्पेरो छ । बाख्रा हिंड्ने बाटो हो । तपाईंहरू जान सक्नुहुन्न !” भने । 

मैले सोधें– “मान्छे त हिंड्छन् नि ?”

“हन्डा (हिड्छन्) ! तर जवान मान्ठ हन्डा, हजुर !” उत्तरा गरे । 

चैतन्यदाइ र मैले सोच्यौं र निधो ग¥यौं, ‘मान्छे हिडेको बाटो कसो नसकिएला त ? यत्रो तीन–चार घण्टाको फेरो बाटो को हिड्छ ? जसो पर्ला यही बाटो जाऔं !’

त्यही भिरको बाटो जाने दुस्साहस ग¥यौं चैतन्य दाइ र मैले । एक दुई घण्टा हिडिसकेपछि एउटा यस्तो पहरामा पुग्यौं, त्यो झारपात केही नभएको सफा भुँडि जस्तो पहरो । त...ल एक डेढ किलोमिटर तल तीला खोलो सेतो फिंज निकाल्दै ढुङ्गाहरूसँग लाप्पा खेल्दै बगिरहेको देखिन्छ । लाग्छ आफ्ना दुई आँखामध्ये देब्रे आँखाले त्यो बल्लबल्ल खुट्टा अटाउने भिरालो सपाट पहरो देख्छ भने दाहिने आँखाले त...ल तीला खोलो देखेजस्तो लाग्छ । अलिअलि हावा चल्यो भने लडेर केहीमा नअल्झीकन त्यही तीलाका छालमा झ्वाम्मै झरिन्छ जस्तो, झसङ्ग भइयो भने पनि झरिन्छ जस्तो । डरले आङ फुल्न थालेको छ । यस्तै अप्ठेरो छ भन्ने थाहा भएको भए पक्कै आइने थिएन । अलिकति तलवितल हुँदा अल्झिने, टेक्ने समाउने केही छैन । म अघिअिघि छु, मेरो होसहवास उड्न उड्न लागेको छ । जीउ सन्तुलनमा उँभ्याएर आँखाले अलिक परसम्म हेर्छु, योभन्दा सुगम बाटो देखिँदैन, माटो, झारपात भएको बाटो पनि छैन । अब त फर्किएर अघि आएको सुरक्षित ठाउँ पुग्न पनि सकिँदैन जस्तो, झन् अप्ठेरो लाग्न लागेको छ । चैतन्य दाइ आउँदैछन् होला भन्ने सोच्तै बिस्तारो पाइला सार्दैछु । पछाडि हेर्न पनि अप्ठेरो लाग्दैछ । 

यस्तैमा “एकछिन पर्खिनू भाइ !” चैतन्य दाइ बोल्नुभयो । 

“के, अप्ठेरो भयो दाइ ?” मैले उता नफर्कीकन सोधें । उता फर्किनका लागि जिउ सन्तुलनमा उँभ्याउनु पथ्र्यो । 

मलाई यो प्रश्न पनि असान्दर्भिक लाग्दै थियो । अप्ठेरो भयो भने हतेर्ने उपाय पनि झन् थिएन । सके एकला एकलै हिड्ने, नसके फँसिने हो । अरु मानिसहरूको सम्पर्कबाट पनि हामी एक डेढ घण्टाको दूरीमा थियौं, हामी दुई बाहेक त धाती न गुहारी नै थियो । 

“एक छिन गम खाऔं भाइ ! अप्ठेरो बाटो आइएछ ।” उहाँले भन्नुभयो । 

त्यसैत्यसै एक छिन उभिएर अनि बढ्यौं । त्यहाँबाट पाँच मिनट जस्तो त्यो अति खतर्नाक बाटो हिडेपछि अलिक परतिर पहरो तरेर बोट बिरुवा भएको, अलिक सजिलो जस्तो लाग्ने बाटो देखियो । त्यो बाटो भेट्नुभन्दा यता अन्तिम परीक्षाझैं एउटा खड्को पार गर्नुपर्ने जस्तो प¥यो । डुँड परेको ठाउँ, सिधा हिंड्दा हाम्रो टाउको ठोक्किने, निहुरिन पनि नहुने कस्तो कस्तो, मेरा खुट्टा थरर्र कामे । मैले त्यो ठाउँ त्यसै पार हुन सकिन । मैले बाटो छोडेर चैतन्य दाइलाई अगाडि लगाउन पनि पछिपछि सर्दै दस एघार पाइला पछाडि सर्नुप¥यो । चैतन्यदाइ आएर कसोकसो गरेर पार हुनुभयो । उहाँ सुरक्षित हुनुभयो । उहाँले दाहिने खुट्टो कहाँ, देब्रे खुट्टो कहाँ राख्ने र कसरी कोल्टे परेर पार हुने बताउनुभयो । उहाँले भनेको पारा गर्दा अलिक कर प¥यो पनि, म पनि पार भएँ । अलिकति तलबितल भएको भए न सास न लास हुने स्थितिबाट बच्यौं हामी । 

यो अप्ठेरो पार गरेर पल्लापटि एउटा गाउँमा पुग्यौं । भोकले ‘आँसी खाउँ कि मासी खाउँ भान्सा खाउँ कि भान्से खाउँ’ भएका थियौं हामी । एउटा ठकुरीको घरमा “खर्च खान पाइन्छ कि ?” भनेर वडो अनुनय विनय गरेपछि पाँच रूपैयाँमा दुई जनालाई खाना पकाइदिने भए । एक जना छोरामान्छेले नै खाना पकाए र खाना पाकेपछि हामीलाई बोलाए । ‘भोक मिठो कि भोर्जन मिठो’ भएको हो कि ? खायौं र हामी दुबै जना जुरुक् जुरुक् उठेर चुठ्न मात्र निस्किएका थियौं, ठकुरीबा च्याँठिएर कराए– “तम्रा थाल कौन माझ्न्या ? तम्रा कौन नोकड छन् हेत्ती ?”

मैले अक्किल लगाएँ– “तम्रा चलन हाम्रा चलनभन्दा भिन्न रान् बा ! उइँती हाम्रा खाना खायार चुठ्यापछि थाल माझ्न्या, तम्रा जुठाहात थाल माझ्न्या ! हाम्रा थाल हामी नै माझ्न्या हो ।” अलिक ठण्डा भए ठकुरी बा । 

ठकुरीहरूमा आइमाईले पकाएको खाने चलन हुँदो रहेन छ । ‘आइमाईको जात हुँदैन’ भन्दा रहेछन् । अर्काले खाएको थाल माझ्ने चलन पनि रहेनछ । बाबुले खाएको थाल कि श्रीमतीले कि छोराले माझ्ने । अरुले आफूआफैं माझ्नुपर्ने घरपरिवारमै पनि । यस्तो भएपछि त स्वभाविक थियो थाल माझ्ने कुरामा ठकुरीबा जङ्गिनु ।  

अर्को दिन हिड्यौं त्यहाँबाट । अब हाम्रो बाटो त्यति उकालो थिएन । ‘तातापानी’ भन्ने ठाउँमा आइपुग्यौं । दुई वटा धारा गललल झरिरहेका । यस्सो हात थापेको त बाफ रे ! साँच्चै तातो । दुईमध्ये एउटा धारामा जीउ थाप्नै नसकिने, पोल्ने तातो, एउटा धारो भने नुहाउन ठिक्कको तातो । झोला बिसायौं दाइ र मैले । धउ फुकाएर नुहायौं । पानीमा पस्ता गन्धकको गन्ध भने निकै चर्को आउँथ्यो । 

अब यसउता तीला नदीको मुहानतिर हामी जाँदैथ्यौं, जुम्लाको सदरमुकाम खलङ्गातिर । अब उता तीला नदी मधेशमाझैं वडो शान्तसँग बगेर आउँथ्यो । यसदेखि तलतिर त्यत्रो छङ्छङाउँदै सेता सुकिला छाँगा झार्दै बग्ने तीलाको यो रूप बडो आसर्जेको लाग्यो । झन् माथि झन् विकटबाट, झन् छङ्छङाउँदै आएको होला भन्ने लागेको थियो । बाटो पनि त्यस्तो उकालो थिएन । हामी साँझपख जुम्ला पुग्यौं । 

लेखकको बारेमा
Image
पुण्यप्रसाद खरेल