३ मंसिर २०८२, मङ्गलवार

महाअभियानका संयोजक प्रसाई मध्यरातमा पक्राउ

३ मंसिर २०८२, मङ्गलवार
Image

झापा, २ मंसिर । धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ । 

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गर्नुभएको प्रसाईलाई आइतवार राति सरकारको आदेशमा प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरस्थित निजी निवासबाटै उहाँलाई पक्राउ गरिएको जनाइएको छ । हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उहाँले वत्र्तमान अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको कडा आलोचना गर्दै आउनु भएको थियो ।