१५ वैशाख २०८१, शनिवार

झापा बिद्रोहको साविती बयान ‘२८ साल’

९ माघ २०८०, मङ्गलवार
Image

काठमाडौं, ९ माघ । अहिलेको विशाल नेकपा एमालेको आधारभूमि रहेको झापा विद्रोहसँग सम्बन्धित विभिन्न पुस्तकहरु प्रकाशन भइरहेका छन् । 

त्यसमा पछिल्लो पटक सुखानीकै छेउमा घर भएका पत्रकार तथा लेखक कुमार भट्राईले लेखेको ‘२८ साल’ पुस्तक पढेर सकियो । यस पुस्तक झापा आन्दोलनको साविती बयान हो । 

झापा विद्रोहको स्वर्णवर्षको उपलक्ष्यमा अर्जुनधारामा आयोजना गरिएको एउटा काल्पनिक सभामा सहभागी भएका तत्कालिन योद्धा र विद्रोहमा मारिनेका परिवारका सदस्यहरुलाई शिलशिलेवार बयान नै ‘२८ साल’ हो । 

उपन्यासको रुपमा लेखिएको झापा विद्रोहको यस कथामा मनमोहन अधिकारीले नेतृत्व गरेको पूर्वकोशी प्रान्तीय कमिटीसँग झापाली क्रान्तिकारी युवाहरुले कसरी विद्रोह गरे र? त्यसमा कसको भूमिका के थियो ? अनि झापामा कोअर्डिनेसन केन्द्र ९कोके० कसरी स्थापना गरियो रु बेलिबिस्तार बयान छ । 

त्यही कोके ०३५ सालमा कसरी नेकपा माले भयो भन्ने कुराको रोचक प्रष्तुती उनै पात्रहरुको मुखले बोलेको कुरा पढ्न पाइन्छ किताबमा । 

झापा आन्दोलनका सन्दर्भमा त्यसका एकजना नायक हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कतिपयले नकारात्मक भाष्य निर्माण गर्ने प्रयास गरेका छन् । तर यस पुस्तकले वास्तविकता के थियो भन्ने ओलीकै मुखबाट भनाएको छ । 

विगतमा सीपी, आरके मैनालीहरुले ओलीलाई आरोपित गरे पनि यस पुस्तकमा उनीहरुले धेरै कुरा सच्याएका छन् । 

२०२९ साल भदौदेखि तत्कालिन कोकेको सचिव हुनु भएका ओलीलाई सीपीले कसरी साधारण सदस्यबाट निस्कासन गरेका थिए र जेलमा पुगेपछि कसरी आफैं विना सर्त ओलीको सदस्यता कायम गर्न कमिटीलाई पत्र लेखे भन्ने पुस्तकले छर्लंग पारेको छ । 

झापा विद्रोह कालमा आफूलाई लाग्ने गरेका आरोपका बारेमा ओलीको रोचक जवाफ पनि छ ‘कसैले भेट्न नसक्ने स्थानमा पुगेपछि कि त्यो ईश्वर हुन्छ कि गुनासोको भण्डार । साथीहरुले गर्नु भएको मप्रतिको गुनासो त्यही दोस्रो वर्गको हो ।’ 

पुस्तकमा पहिलो एक्सनमा परेका ज्यामिरगढीका कर्णबहादुर गौतमका भाइ,धर्मप्रसाद ढकालका आफन्त खगेन्द्र लगायतका जमिनदारको आरोपमा विद्रोहीले हत्या गरेका परिवारका कथा पनि रोचक शैलीमा प्रस्तुत भएका छन् । 

झापा विद्रोहलाई चिन्न हरेक कम्युनिस्टले पढ्नै पर्ने ‘२८ साल’ को माघ १० गते ठिक २ बजे त्यही विद्रोहका एक नायक, त्यही विद्रोहको जगमा बनेको पार्टी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्दै हुनुहुन्छ ।

लेखकको बारेमा
Image
चेतन अधिकारी

राजनीति र जनसांख्यिक अर्थशास्त्र विषयमा रुचि राख्ने दमक निवासी चेतन अधिकारी नेकपा एमाले केन्द्रीय प्रचार विभागका सदस्य , कान्तिपुर दैनिकका पूर्व उपसम्पादक तथा 'यो बेला' अनलाइन पत्रिकाका सम्पादक हुनुहुन्छ ।