डा. उत्तमबाबु श्रेष्ठ
वर्तमानलाई कोट्याउनु अघि इतिहास र इतिहासलाई बुझ्नु अघि अझ प्राग इतिहास नियाल्न जरुरी हुन्छ, किनभने अहिलेको पर्यावरणीय संकटहरूको जरो शिकारी फिरन्ते दुनियाँबाट कृषी हुँदै औद्यागिक युगसम्म आइपुग्दा मानव प्रजातिले गरेको अकल्पनिय ‘प्रगति’सँग जोडिएको छ। त्यसैले म तपाईहरूलाई एकपल्ट इतिहासतिर फर्काउने जमर्को गर्छु। झापाको यस सिवालिक क्षेत्र आजभन्दा १ लाख वर्ष अगाडि कस्तो थियो होला ? यहाँको भूगोल, नदीनाला, वनजंगल र जीवजन्तु कस्ता थिए होलान् ? संभवत त्यतिखेर यो भूमी मानवरहित थियो, मानव पूर्खाहरू यहाँसम्म आइपुगिसकेका थिएनन्। तर अफ्रिकी हात्तीको प्रजातिबाट २० देखि ५० लाख वर्ष अघि छुट्टिएर विकसित एशियन हात्तीका प्रजातिहरू भने यहाँ आइपुगिसकेका थिए। ती हात्तीसँगै लामो समयसम्म यस भूमीमा बाघ, गैँडा जस्ता ठूला स्तनधारी जीवहरू स्वतन्त्र रूपमा विचरण गर्थे होलान्।
ती जीवहरू आइपुगेको धेरैपछि अर्थात् करिब ४४ देखि ७३ हजार वर्ष अघितिर अफ्रिकाबाट नै आएका मानव पूर्खाहरू यस ठाँउबाट केही सय किलोमिटरको दुरीमा अवस्थित बंगालको खाडी नजिकै भएर मलायाको जंगल हुँदै अस्ट्रेलिया पुगे। उनीहरूसँग छुट्टिएका केही झुन्ड मानवहरू हिँड्दै जाँदा २० देखि २४ हजार वर्ष अघि चीन र जापानको बाटो हुँदै १३ देखि १५ हजार वर्ष पहिले अमेरिका पुगेर घरजम गरे।
मान्छेले आगो पत्ता लगाएर त्यसमा मासु पोलेर खान जानिसकेपछिको हाम्रा फिरन्ते जंगली पूर्खाबारे कुरा गर्दैछु। यसरी अफ्रिकाबाट यात्रा शुरू गरेको मान्छे, जहाँ जता पुगे, त्यहाँ भएका ठूला जीवजन्तुहरूलाई उनीहरूले सखापै पारे। मानव प्रजातिको संसार यात्रा र बाँच्ने संघर्षको खान्की वा उर्जा आखिरमा त्यस्तै ठूला स्तनधारी जनावरहरू त थियो। स्थापित तथ्यहरूले बोल्छन्( करिब ५५ हजार वर्षदेखि १३ हजार वर्ष अघिसम्मको समयमा यस पृथ्वीमा भएका १७८ प्रजातिका ठूला शरिरयुक्त जीवहरू सदाका लागि लोप भए। त्यसको कारक पृथ्वीको इतिहासमा पहिले देखिएजस्ता ज्वालामुखी, छुद्र ग्रह नभएर मानव थियो। हामी थियौँ। अर्थात् हाम्रा पूर्खाहरू थिए।
भौगोलिक रूपमा हेर्दा सबैभन्दा धेरै संख्याका त्यस्ता जीवहरू अस्ट्रेलिया (८८ प्रतिशत) र अमेरिका (८३ प्रतिशत) मा मासिए र सबैभन्दा कम अफ्रिका र एशियामा। अफ्रिका मानव उत्पत्तिस्थल भएकोले त्यहाँ ठूला जीवहरूको मानवसँगको सम्बन्ध अन्यत्रभन्दा धैरे पुरानो भएकोले उनीहरूले मानवीय उत्पीडन सहने प्राकृतिक अनकुलता हासिल गरे, अनि बाँचे। जुन सुविधा मानव पुगेका नयाँ ठाउँका जीवहरूलाई थिएन। फलस्वरूप तीनीहरू मानिसका शिकार बने। तर यस भारतीय उपमहाद्विपमा त्यस्ता ठूला जीवहरू किन सोत्तर भएनन् होलारु
सहअस्तित्व। हो, यस भेगमा विकसित मानिस र हात्तीको सहसम्बन्धले हात्तीलाई सखाप हुनबाट जोगाएको हुनसक्छ। भारतीय उपमहाद्विपमा कम्तीमा चार हजार वर्ष पहिलेदेखि हात्ती मानव सभ्यता, संस्कृति, धर्म र अर्थतन्त्रको महत्वपूर्ण पाटो बन्न सफल भएको देख्न सकिन्छ। यहाँका शासकहरू विषेशगरी राजा महाराजाले हात्तीलाई पाल्ने गरेको र राज्यको शक्ति र प्रतिष्ठाको मापन हात्तीको संख्याले निर्धारण गर्ने गरेको समेत पाइन्छ।
भारतीय उपमहाद्विपमा शासन गरेका मौर्य, गुप्ता र मुगलका सेनाहरूले लडाईमा हात्तीको व्यापक प्रयोग गर्ने गर्थे। त्यसको लागि उनीहरूले हात्तीको वासस्थान जोगाउन वनको संरक्षण गर्ने गरेको भेटिन्छ। करिब २४ सय वर्ष अघि मौर्य सम्राट अशोकले हात्तीलाई हानी पुर्याउनेलाई कडा दन्ड दिने धार्मीक नियम बनाएका थिए। संभवत अन्य महादेशमा मानिसहरूको दबदबा बढ्दै गर्दा सखाप भएका हात्तीजस्ता ठूला स्तनधारी जीव यहाँ बाँचिरहनुको कारण यहाँका राजाहरूले गरेका हात्तीको वासस्थान संरक्षण, नैतिक र धार्मीक कानूनको माध्यामबाट लगाएको हात्ती शिकारको प्रतिबन्ध र हात्तीपालन हुनसक्छ।
एकलाख वर्षदेखि सम्राट अशोकसम्मको यहाँको मोटामोटी इतिहासलाई हामीले पर्यावरणीय जर्गेनमा भन्दा ठूला जीवजन्तुको विनाशलाई जैविक विविधता ह्रास ९वैज्ञानिकहरूले त्यसलाई क्वाटर्नरी मेगाफउना एक्स्टिङ्सन भन्छन्० र सम्राट अशोकको कदमलाई जैविक विविधताको संरक्षण भन्न सकिन्छ।
अब लाख र हजार वर्षको प्राग इतिहासबाट फास्ट फरवार्ड गर्दै म तपाईहरूलाई केही सय वर्ष अघिको समयमा ल्याउँछु। सन् १७७३ तिर अर्थात्् ठ्याक्कै २५२ वर्ष अघि गोरखाली राजा पृथ्वीनारायण शाहले पूर्वी नेपाल चढाई गर्दै गर्दा बेलायतका इन्जिनियर जेम्सवाट वाफ इन्जिनलाई परिस्कृत र किफायती बनाउँदै थिए। कोइलाबाट चल्ने उक्त इन्जिन बनेसँगै मेसिन चलाउनको लागि पानीको शक्तिमा भर पर्नुपर्ने अवस्थाको अन्य भयो। जसरी हाम्रा गाँउघरका घट्टहरू खोलारनदीसँगै हुन्छन्, त्यतिबेला बेलायतमा उद्योगहरू नदीका आसपासमा मात्रै हुन्थे, किनभने उद्योगका मेसिन चलाउन चाहिने उर्जा पानीबाट आउँथ्यो। कोइलाबाट चल्ने जेम्सवाटको इन्जिनले उद्योगलाई बेलायतका नदीभन्दा परका क्षेत्रहरूमा मात्रै फैलाएन, उनकै इन्जिनको प्रयोगले बनाइएका पानी जहाज र रेलमार्फत बेलायती प्रभाव र उपनिवेश संसारभर फैलियो।
औद्योगिक क्रान्तिभन्दा अघिसम्म अर्थात् सम्राट अशोकको समयदेखि पृथ्वी नारायण शाहले माँझ किरातमा चढाई गर्दासम्म पनि मानिसको उर्जाको स्रोत ‘मसल’ अर्थात् आफ्नै पाखुरा र आफूले पालेका पशुवस्तु मात्रै थियो। तर औद्योगिक क्रान्तिले मान्छेलाई जिवाष्मा इन्धन प्रयोग गरेर मेशिन चलाउन सक्ने बनाएपछि उद्योग, कलकारखानाको क्षमता बढ्यो र सँगै व्यापार अर्थतन्त्रको आकार पनि बढ्दै गयो।
करिब १० हजार वर्षसम्म खेतीपातीमै रुमलिएको मानिस गैरकृषी क्षेत्रमा काम गर्ने सक्ने बनेपछि मानव समुदायको आधारभुत चरित्र फेरियो। मानिसको श्रम, बसाई प्रणाली र परिवारीक सम्बन्ध सबै बदलिए। थोरै काम गरेर लामोसमय खान पुग्ने भएपछिको समय, ज्ञानविज्ञानमा लगानी भयो। जसले गर्दा विज्ञान प्रविधीको विकास द्रुत हुन थाल्यो। फलस्वरूप, सरसफाई, पोषणयुक्त खाना, भ्याक्सिन, औषधीको विकास र प्रयोगले मानिसहरू बढी बाँच्ने हुनथाले, अर्थात्् आयु लम्बियो। उपयोग गर्ने वस्तुमा विविधता थपियो। औद्योगिक क्रान्तिपछिका शुरूआती समयमा बेलायती उद्योगमा काम गर्ने श्रमीकहरूको गरिबी, आयु र कहर बढेता पनि औद्योगिक क्रान्तिले ल्याएको परिवर्तनले संसारभर मानिसहरू धनी, बढी बाँच्ने र सुखी हुन थाले। मानिसको जीवनस्तरमा उल्लेख्य परिवर्तन आयो। सबैभन्दा ठूलो परिवर्तन त्यसपछिका २०० वर्षमा पृथ्वीमा मानिसको जनसंख्या १ अरबबाट बढेर ८ अरब पुग्यो।
मानव उन्नतिको दौडमा संसारमै पुछारतिर रहेको नेपालजस्तो देशमा समेत उन्नतिका यस्ता सूचकहरूमा व्यापक परिवर्तन भए। सन् १९५० को तुलनामा अहिले नेपाली लगभग दोब्बर बाँच्ने भए। मैले नै अहिलेसम्म संसारमा निर्मित राज्यहरूमा सबैभन्दा ठूलो राज्यको सम्राट र सबैभन्दा शक्तिशाली मान्छे अलेक्जेन्डर द ग्रेटभन्दा बढी आयु बाँचिसके। उनी ३२ वर्षको उमेरमा टाइफाइट जस्तो सामान्य रोग लागेर मरेका थिए। आजको दिनमा टाइफाइड त कुनै रोग नै होइन।
म जन्मिँदा नेपालमा लगभग तीन चौथाई मानिसहरू चरम गरिबी ९प्रतिदिन २।१५ डलर कमाउने० मा बाँचेका थिए। अहिले त्यो संख्या अत्यन्त्र न्यून छ। विगत ५० वर्षमा केही भएन भनेर भन्दाभन्दै पनि शिक्षा, आधारभूत स्वास्थ्य, पोषणको अवस्था, बिजुलीको पहुँच र यातायातको विस्तार र वृद्धिमा उल्लेख्य परिवर्तन भएको छ। म गोरखामा जन्मेको मान्छे, राजा भए पनि त्यहाँका पृथ्वीनारायण शाहले झलमल उज्यालोमा कहिल्यै भात खान पाएनन्। आज गोरखाको लगभग सबै घरमा बिजुली छ। हामी घामजत्तिकै उज्यालोमा ‘डिनर’ खाने भएका छौँ। राजा पृथ्वीनारायण शाह त्यो बेलाको किराँत राज्य र हालको मोरङ, झापा आउँदा माँझ किरातका धनी ब्राम्हण हरिनन्द उपाध्यायले व्यवस्था गरेको डुंगा तरेर सुनकोशी नदी पार गरेर आएका थिए। हामी नागरिक अहिले उडेर झापा आइपुग्यौँ। सम्भवतस् यी सबैको कारणले होला ग्यालुप सर्वेक्षणको नतिजामा आधारित भएर प्रकाशित गरिने विश्वखुशी प्रतिवेदनमा आफ्नो जीवनबाट प्रसन्न छु भन्ने मानिसहरूको संख्या नेपाललगायत विश्वभर बढेको छ।
तर मानिसको अकल्पनीय यस्ता प्रगतिको मूल्य मानिस बाहेकको लागि भने चर्को परिरहेको छ। मानिसले घरेलु हतियार चलाउन सिकेपछि ठूला स्तनधारी जनावरहरू यस पृथ्वीबाट ‘चट्’ भएका थिए। मानिसले कोइला र तेल बाल्न जानेपछि त्यसको प्रभाव केही थान जीवहरूमा मात्रै होइन, सिँगै पृथ्वीको हावा, पानी, जमिन र जीवनमा परेको छ। समुद्रको गहिराईदेखि सगरमाथाको उचाईसम्म परेको छ। पृथ्वी पहिलेभन्दा फोहोरी र तातो बन्न पुगेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको शब्दमा पृथ्वी अब उम्लिने चरणमा प्रवेश गरेको छ।
गत वर्ष सन् २०२४ मा पृथ्वीको औसत तापमान औद्योगिक क्रान्ति अघिको समयको तुलनामा १।५ डिग्री सेल्सियसले बढी भयो, जुन पृथ्वीकै एक लाख वर्षको इतिहासमै सर्वाधिक तातो वर्ष हो। पेरिस सम्झौता भनिने जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सन्धीले पृथ्वीको तापमान औद्योगिक क्रान्ति अघिको तुलनामा १।५ डिग्री सेल्सियसभन्दा नकटाउने भनेको छ। गत वर्ष अपवाद हुनसक्ला तर हामी बिस्तारै त्यो निर्धारित सीमालाई नाध्ने दिशातर्फ अग्रसर छौँ। समुद्रको तापमानमा पनि विगत केही वर्ष र दशकयता नयाँ–नयाँ रेकर्ड कायम भएका छन्। तापमान बढ्नुको मुख्य कारण पृथ्वीमा थुप्रिँदै गएको कार्बनडाइअक्साइडलगायत हरितगृह ग्यास उत्सर्जन हो। म फेरि सम्झाउँछु, हरित गृहग्यास उत्सर्जन जेम्सवाटले बनाएका जस्तै कोइला, डिजेल, पेट्रोललगायत जिवाष्मा इन्धनले चल्ने इन्जिन चलाउँदा उत्सर्जित हुन्छ। र, त्यस्तो ग्यासको उत्सर्जन गत वर्ष उच्च तहमा पुग्यो, जुन मानव प्रजातिको उत्पत्ति हुनभन्दा अगाडीको समय अर्थात्् ८ लाख वर्षयताकै समयको सबैभन्दा अधिक हो।
स्वभाविक रूपमा तातो बढेपछि बरफ पग्लिन्छ। गत दुई वर्षयता पृथ्वीका उत्तरी र दक्षिणी धुव्रमा जमेको बरफ पग्लिने दर अहिलेसम्म मापन गरिएमध्ये सबैभन्दा उच्च रह्यो। सन् १९७० को तुलनामा उत्तरी धुव्रमा जमेको हिउँको मात्रा हाम्रो देशको क्षेत्रफल भन्दा बढीले घटेको छ।
पृथ्वीका दुई धुव्रमा मात्रै होइन, तेस्रो धुव्र भनिने हिमालय क्षेत्रमा पनि तापमान वृद्धिका कारण हिउँ पग्लिने क्रम त्यसरी नै उच्च भएका छन्। यस वर्ष सगरमाथामा हिउँले सधैँ ढाक्ने क्षेत्र १५० मीटरमाथि सरेको छ, जुन अक्सर सरदरमा ६१०० मीटरमा हुन्थ्यो। नहोस् पनि किनरु हिमालय क्षेत्रको तापमान वृद्धिदर अन्यत्रको भन्दा ज्यादा छ।
गत वर्ष नै नेपालका ११३ मौषम मापन केन्द्रमध्ये १३ केन्द्रमा यसअघिका उच्च तापमानको रेकर्ड तोडिएको थियो। सन् १९५१ देखि १९८० सम्मको नेपालको औसत वार्षिक तापक्रम ११।६७ डिग्री सेल्सियस थियो भने सन् १९९१ देखि २०२० मा त्यो १२।८५ डिग्री सेल्सियस पुगेको छ। यो दुई अवधिमा नेपालमा सरदर १।१८ डिग्री सेल्सियसले औसत तापमानमा वृद्धि भएको छ। वार्षिक रूपमा दैनिक ३५ डिग्री सेल्सियसभन्दा बढी गर्मी हुने दिनको संख्या पनि प्रत्येक वर्ष बढ्दो छ।
अहिलेकै अवस्थामा पनि हिमनदी फैलने दर नेपाललगायत हिमाली क्षेत्रहरूमा अन्यत्रको तुलनामा बढी छ। यदि यसरी नै लामो समयसम्म पृथ्वीको तापमान १।५ डिग्री कायम रहेमा सन् २१०० सम्म यस क्षेत्रका ३० देखि ५० प्रतिशत हिमनदी हराएर जाने अनुमान वैज्ञानिकले गरेका छन्।
तापक्रम वृद्धिसँगै जब हिमनदी पग्लेर हिमताल बन्नेछन्, तिनीहरू टाइम बममा रूपान्तरित हुनेछन्। हिमतालहरू विष्फोट हुँदा त्यसले तल्ला तटीय क्षेत्रमा पार्ने प्रभावको नतिजाको यसै वर्ष हामीले थामेमा देख्यौँ। र, दुईवर्ष अघि छिमेकी सिक्किममा देख्यौँ। अध्ययनहरूले भन्छन्—हिमालय क्षेत्रमा करिब २०० त्यस्ता टाइम बम रूपी हिमतालहरू छन्, जुन कुनै पनि बेला विष्फोट हुनेसक्ने खतरामा छन्।
तातोपन बढ्दा पानी पर्ने प्रक्रियामा पनि फेरबदल आउँछ। बादल १ डिग्री बढी तातो हुँदा त्यसको पानी बोक्ने क्षमता ७ प्रतिशतले वृद्धि हुन्छ। त्यसैले पृथ्वीको तापमान बढ्दा समुद्र र तालको पानी चाँडै वाफ बन्छ र वायुमण्डलमा आद्रता बढी भएको हावा र बादल थुप्रिन्छ। त्यस्तो बादलले गराउने वर्षात् घनघोर र भिषण हुन्छ। २०७८ असोज मसान्तदेखि कात्तिक २ सम्म पश्चिम नेपालमा त्यस्तै भएको थियो। त्यतिबेला वार्षिक १४०० मिलिमिटर पानी पर्ने डडेलधुरामा ४८ घण्टाभित्रै ५०० मिलिमिटर पानी परेको थियो। बढ्दो तापमानले अतिवृष्टीमात्रै होइन, सुख्खा खडेरी पनि बढाउँछ, जुन पछिल्ला हिउँदहरूमा हामी सबैले अनुभव गर्दै आएका छौँ। अंकमै भन्दा, नेपालमा समग्र वार्षिक वर्षाको मात्रामा सन् १९५१— १९८० को तुलनामा १९९१—२०२० मा १३ प्रतिशतले कमी आएको छ।
निरन्तर तापमान वृद्धिसँगै बढेको अतिवृष्टि, खडेरी, अति गर्मीले बाढीपहिरो र डडेलोको प्रकोप बढाएको छ। जसले गर्दा कृषि प्रणालीमा, पानीको आपूर्तिमा, जनस्वास्थ्यमा, जनजीविकामा व्यापक प्रभाव पारेको छ। नेपालमा पछिल्ला दशकहरूमा जलवायुजन्य प्रकोप बढ्दै गएका छन्। पछिल्लो दशक अर्थात्् सन् २०११ देखि २०२० सम्म सरदर वार्षिक २२५ वटा पहिरो, १५० भन्दा वटा बाढीका घटना हुने गरेको पाइन्छ। यसरी जलवायुजन्य घटनाको तीव्र बढोत्तरी हुने तर त्योसँग जुध्ने स्रोतसाधन र सामर्थ्यको अभाव हुने हुँदा नेपाल जलवायु परिवर्तनको खतराको हिसाबले विश्वमै उच्च खतरामा भएको मुलुकको श्रेणीमा परेको छ।
जलवायु परिवर्तनपछिको अर्को पर्यावरणीय समस्या जैविक विविधताको ह्रास हो। पृथ्वीमा भएका जीवनका विविध छटाहरू नै जैविक विविधता हो। हाम्रो खाद्यान्नदेखि हामीले पाल्ने गाईवस्तुको खानासम्म, हामीले प्रयोग गर्ने विभिन्न औषधीदेखि उपभोग गर्ने उर्जासम्मको स्रोत जैविक विविधता वा प्रकृति हो। हामीले फेर्ने हावालाई स्वच्छ बनाउन, पानीलाई शुद्धीकरण गर्न, विभिन्न रोगव्याधी र बाढीपहिरोजस्ता प्रकोपबाट मानिसलाई जोगाउन, जैविक विविधता अर्थात्् प्रकृतिको अहम् भूमिका हुन्छ। झापाको जलथलको जैविक विविधताको चर्चा मैले अघि गरिसकेँ। नेपाल जैविक विविधताले अति धनी पृथ्वीका ३६ ठाँउहरू ९ बायोडाइभर्सिटी हटस्पट० मध्ये एक हो।
तर जलवायु परिवर्तनजस्तै पृथ्वीको हालको जैविक विविधताको अवस्था पनि प्रितकर छैन। विश्वभर विगत ५० वर्षयता मानिसको उपभोगमा १५ प्रतिशतले र खाद्यान्न उत्पादनमा ३०० प्रतिशतले वृद्धि भएको छ। १९९० यतामात्रै शहरी जनसंख्या दोब्बर भएको छ। १९७० यता काठको उपयोग विश्वव्यापी रूपमा ४५ प्रतिशतले बढेको छ। नयाँ शहर बसाउन, धेरै उपयोग गर्न र धेरै मान्छेलाई खुवाउन ९खेतीका लागि० गरिएको जंगल फँडानीले व्यापकता पाएको छ। गत दुई दशक अर्थात् सन् २०००–२०२० सम्मको अवधीमा पृथ्वीमा प्रतिवर्ष नेपालको वन वरावरको क्षेत्र फडाँनी भइरहेको थियो। त्यसैगरी, सन् १७०० देखि अहिलेसम्म पृथ्वीको मृगौला भनिने सिमसारको ८५ प्रतिशत भाग नष्ट भएको छ। समग्रमा पृथ्वीको ७५ प्रतिशत भूभाग मानव जातिले आफू अनुकूल परिवर्तन गरेको छ ।
सामान्यतस् एउटा प्रजातिलाई उद्वविकास र फैलावटबाट स्थापित हुन लाखौँ वर्ष लाग्छ। हाम्रा पूर्खाहरूले १७८ वटा ठूला प्रजातिलाई नामेट पार्न ४० हजार वर्ष लगाएका थिए। तर गत १०० वर्षयता मात्रै पृथ्वीबाट मेरुदण्ड भएका ४०० प्रजाति लोप भएका छन्। दोहनको यस्तै अवस्था रहिरहे अबको केही दशकभित्र करिब १० लाख जीवजन्तु यस पृथ्वीबाट लोप हुन सक्नेछन्। र, नेपालमा २३३ त्यस्ता संकटउन्मुख प्रजाति छन्, जसमध्ये धेरैको जनसंख्या घट्दो छ।
यसरी जीवनको मूल आधार–जैविक विविधताको ह्रास हुँदै गए त्यसले खाद्य उत्पादन, अर्थतन्त्र र मानव भलाइमा नकारात्मक असर पार्नेछ।
तर प्रकृतिमा पाइने सबै प्रजातिले मान्छेलाई वा अन्य जीवनलाई फाइदा नै गर्छ भन्ने छैन। कतिपय वनस्पति वा जीवजन्तुलाई उनीहरूको उत्पत्तिस्थल र प्राकृतिक वासस्थानभन्दा बाहिर लैजाँदा त्यसले हानी गर्छ। उदाहरणको लागि यदि पृथ्वीमा किराहरूको सामूहिक लोप भएमा त्यसले प्रतिवर्ष २३५ देखि ५७७ अरब डलर बराबरको क्षति पुग्ने अनुमान छ र त्यसले खाद्य उत्पादन चक्रमा ठूलो संकट निम्त्याउनेछ।
जीवजन्तु वा वनस्पतिको उग्र फैलावटले नयाँ ठाँउको सामाजिक, आर्थिक, मानवीय तथा स्थानिक पर्यावरणमा हानी नोक्सानी पुग्छ। जस्तै, बीसौँ शताब्दीको मध्यतिर सजाउने फूलका रूपमा नेपाल भित्र्याइएको जलकुम्भी झार अहिले मानव नियन्त्रणीत वातावरणबाट बाहिर गई नेपालका तालतलैयाभर फैलिएर ठूलो समस्या बनेको छ। त्यसैगरी, पालनका लागि भित्र्याइएको तिलापिया माछाले पोखरीबाट तालमा प्रवेश गरेर पोखराका तालहरूका स्थानिक माछालाई लगभग विस्थापित गरिसकेको छ। रेन्बो ट्राउटको अवस्था त्यस्तै हुँदैछ। त्यस्ता समस्या निम्त्याउने वनस्पति वा जीवजन्तुलाई वाह्य मिचाहा प्रजाति भनिन्छ।
तर सबै वाह्य प्रजाति मिचाहा हुँदैनन् र तिनले मानिस र पर्यावरणलाई हानी नोक्सानी पनि गर्दैनन्। अहिले नेपालको प्रमुख निर्यातको वस्तु बनेको चिया वाह्य अर्थात् आयातित वनस्पति हो। सन् १८६३ तिर जंगबहादुरलाई एक चिनियाँ सम्राट्ले दिएको चियाको बीउ पहिलोपटक इलाममा रोपिएको विश्वास गरिन्छ। नेपालबाट नै निर्यात गरिने कफीलाई ८० वर्षअघिसम्म नेपाली माटोले चिन्दैनथ्यो। अहिले हाम्रो तरकारीमा अनिवार्यजस्तै बनेको आलुको वर्णन सन् १७९३ भन्दा पहिलेका लिखतहरूमा पाइँदैन। कर्कप्याट्रिकले ‘एन अकाउन्ट अफ द किब्डम अफ नेपाल’मा पटनाबाट ताजा बीउ नल्याईकन नेपालमा आलु उत्पादन नहुने लेखेका छन्। गोलभेँडा र खुर्सानीदेखि दशैँमा लगाउने जमरा बनेर संस्कृतिसँग अनन्य जोडिएको मकैसम्म नेपाली होइनन्। नेपालको कृषि बालीको आनुवंशिक डाटाबेसमा संलग्न ५७७ प्रजातिका खेतीबालीमध्ये ९३ बाह्य प्रजाति हुन्।
नै प्रजाति मिचाहा हुनको लागि उच्च प्रजनन दर, तीव्र गतिमा फैलिन सक्ने गुण र स्थानिक प्रजातिभन्दा बढी प्रतिस्पर्धी क्षमताजस्ता विशेष गुण हुन जरुरी छ। त्यस्ता प्रजातिलाई नयाँ ठाँउमा ल्याउँदा तिनीहरूले आफ्नो उद्गमस्थलमा जस्तै वातावरण पाएमा नयाँ ठाउँको प्रकृतिमा स्थापित हुँदै तिनीहरूको संख्यामा एक्कासि बढोत्तरी हुन गई मिचाहा प्रजातिका रूपमा फेरिन्छन्। नेपालबाट १९औँ शताब्दीतिर बेलायत लगिएका यहाँका रैथाने गुराँसका प्रजातिहरू त्यहाँ मिचाहा बनेका छन्।
समग्रमा नेपालको विविधतायुक्त भूबनोट, हावापानी र भौगोलिक अवस्थितीले मिचाहा प्रजातिहरूको लागि उपयुक्त आश्रयस्थल बनाएको छ। पछिल्लो समय नेपालमा यस्ता प्रजातिहरू फैलने र संख्यात्मक हिसाबले बढ्ने क्रम जारी छ। सन् २००५ मा नेपालमा २१ वाह्य मिचाहा वनस्पति भएकोमा त्यो संख्या हाल ३० पुगिसकेको छ भने हाल ६९ प्रजातिका मिचाहा वन्यजन्तु भेटिएको छ। मिचाहा प्रकृतिका वनस्पतिले कृषि अर्थतन्त्रमा पारेको प्रभावको हिसाबले नेपाल विश्वमै तेस्रो उच्च प्रभावित मुलुकमा पर्छ। झापा जिल्ला वास्तवमा यस्ता प्रजातिहरू नेपाल भित्रिने प्रवेशद्वार हो। अहिलेसम्म नेपाल भित्रिएका यस्ता वाह्य मिचाहा प्रजातिहरूमा सबैभन्दा धेरै यतैबाट भित्रिएको पाइन्छ। तीन वर्षअघि उल्टा काँडा नाम गरेको मिचाहा प्रजाति खाएर बिर्तामोडका एक किसानको ७० वटा खसी बाख्रा मरेका थिए।
यस्ता प्रजातिले जंगल र बस्तीबीचका खाली जमिनलाई चाँडै ओगट्छन्। त्यसैले नेपालको बिग्रेका वन, खेतबारी र चरन क्षेत्रमा अहिले ठूलो संख्यामा वनमारा, लहरे वनमारा, निलो(सेतो गन्धे, पाती झार, वन सिलामलगायत मिचाहा प्रजातिका वनस्पति यत्रतत्र फैलिएको देख्न सकिन्छ। जलवायु परिवर्तनले मिचाहा प्रजातिको फैलावटलाई थप बढाउँछ। त्यसैले भविष्यमा यस्ता प्रजातिका फैलावट नेपालमा अझै बढ्न सक्ने देखिन्छ। थप, मिचाहा वनस्पतिको फैलावटले वन डढेलो बढाउन मद्दत गर्छ।
नेपालको पर्यावरणीय संकटको कुरा गर्दा वन डढेलो अहिले ठूलो समस्याको रूपमा देखिएको छ। गतवर्ष सन् २०२४ मा नेपालमा ५ हजारभन्दा बढी ठाउँमा डढेलो लाग्यो, जसले करिब ४ लाख हेक्टर जति जमिनलाई छोपेको थियो। अब विस्तारै वनडढेलो लाग्न थालेका समाचारहरू आउन थालेको छन्।
पछिल्लो समयमा हाम्रो फेरिएको कृषी कर्म, बसाइँसराइ, रेमिटेन्स अर्थतन्त्रको दबदबा, बदलिएको समुदाय र जंगलको सम्बन्धले समुदायको वनप्रतिको निर्भरता घटेको छ। एकतिर खेतिपाती घटेको छ, अर्कातिर घाँस खाने गोरुको ठाँउमा डिजेल खाने हाते ट्रयाक्टर गाँउ पुगेपछि पशुसंख्या घटेको छ। पशुपालन कम भएपछि र पकाउन दाउरा नचाहिने भएपछि घाँसदाउरा गर्न वन जानेक्रम घट्दो छ। जसले गर्दा वनमा डढेलोको लागि चाहिने इन्धन थुप्रिएको छ। पशुसंख्या घटेसँगै चरिचरन हुने ठाँउमा मिचाहा प्रजातिले ढाकेको छ। वन र बस्तीबीचमा त्यस्ता झाडीदार मिचाहा वनस्पतिको फैलावटले आगलागीलाई वनबाट बस्ती र बस्तीबाट वनमा सार्न मद्दत गरेको छ। सँगै, ठूलो सामूहिक सहभागीतामा गरिने सामूहिक वन कार्यहरू जस्तैस् अग्निरेखा निर्माण र हेरचाह, हेरालुको व्यवस्था, डढेलो नियन्त्रणमा सक्रिय सहभागीता सबैमा ह्रास आएको छ। यसरी सामूहिकतामा कमी भएकाले र जलवायु परिवर्तनको कारण बढेको गर्मी र हिउँदे सुख्खाको कारण पनि पछिल्ला वर्षहरूमा वन डढेलोको संख्या र फैलावटमा वर्षेनी वृद्धि भइरहेको छ। नेपालमा सन् २०१३ देखि २०२४ सम्ममा ३३ हजार वन डढेलो लागेको थियो। बढ्दो वन डढेलोले ठूलो मात्रामा आर्थिक, सामाजिक र पर्यावरणीय क्षति मात्रै पुर्याएको छैन, यसले वायु प्रदूषण पनि बढाएको छ।
वायु लगायतका जल र थलको प्रदूषण नेपालको अर्को पर्यावरणीय चुनौती हो। सन् २०२४ मा नेपाल विश्वमै उच्च पाँचै प्रदूषित वायु भएको देश बनेको थियो। यहाँको हावा विश्व स्वास्थ्य संगठनको वायु गुणस्तरको मापदण्डभन्दा लगभग १६ गुणा ज्यादा प्रदूषित छ। म बस्ने शहर काठमाडौँको वायु गत वर्षको ३६५ दिनमध्ये करिब दुई तिहाई ९६० प्रतिशत० दिन अस्वस्थकर थियो। त्यसैले यो शहरले बेलाबेलामा विश्वको सबैभन्दा प्रदूषित शहरको तक्मा भिर्ने गरेको छ। धेरैलाई नेपालको काठमाडौँ शहर प्रदूषित लाग्छ। तर स्याटेलाइट तस्वीरमा आधारित अध्ययनहरूले नेपालका पूर्वी तराईका जिल्लाहरू काठमाडौँ भन्दा पनि बढी प्रदुषित भएको देखाएको छ। महोत्तरी जिल्लाको हावामा देशैभरिमै सबैभन्दा बढी घुलोका मसिनाकण ९पीएम २।५० भेटिएको छ। त्यसपछि रौटहट, धनुषा, पर्सा र सर्लाहीमा भेटिएको छ।
विश्वमा हाल प्रति १० जनामध्ये ९ जना व्यक्ति हामी जस्तै प्रदूषित हावामा स्वास फेर्न बाध्य छन्। त्यसैले वायु प्रदूषण अहिले मानव मृत्युको प्रमुख कारण हो। हाल मानव मृत्युको थुप्रै कारकमध्ये ११।६५ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुने गर्छ। नेपाल फोक्सोको दीर्घरोगको कारणले जनसंख्याको अनुपातमा सबैभन्दा बढी मानिसको मृत्यु हुने देशमध्येमा पर्छ, जसको प्रमुख कारण वायु प्रदूषण नै हो। यद्यपि त्यसको दोष नेपालको वाह्य प्रदूषित हावालाई मात्रै होइन, घरभित्रको प्रदूषणलाई पनि जान्छ। फोक्सोका दीर्घरोग बाहेक वायु प्रदूषणका कारणले हुने विभिन्न किसिमका क्यान्सर, हृदयाघात वा मष्तिष्काघातको मार पनि वायु प्रदूषण बढेसँगै बढ्दै जान्छ। यसले गर्दा प्रदूषित वायुमा बस्नेहरूको आयु छोटिन्छ। हामीले हाम्रो हावालाई स्वच्छ बनाउन सक्ने हो भने नेपालीको सरदर आयुलाई औसत ४ वर्षले बढाउन सकिन्छ।
वायु प्रदूषणसँगै नेपाल र विश्वकै ठूलो पर्यावरणीय संकट भनेको प्लास्टिक प्रदूषण हो। प्लास्टिकको आविष्कार भइसकेयता हालसम्म संसारमा करिब ९ अरब टन प्लास्टिक उत्पादन भएको अनुमान गरिन्छ। सन् १९५० मा संसारभर वार्षिक २१ लाख टन प्लास्टिक उत्पादन हुन्थ्यो भने, यतिखेर लगभग ४५ करोड टन उत्पादन हुन्छ। प्लास्टिकको बढ्दो उत्पादन र अधिक प्रयोगसँगै यसको फैलावट पनि बढ्दो छ। प्लास्टिक यतिखेर सगरमाथाको उचाइदेखि समुद्रको गहिराइसम्म सर्वत्र पाइने वस्तु बनेको छ। यतिखेर जल, थल र वायु तीनै लोक प्लास्टिकमय भएका छन्। मानिसले पिउने पानी, बियर, खाने नुनमा समेत माइक्रोप्लास्टिक भनिने ५ मिमीभन्दा ससाना प्लास्टिकका कणहरू पाइन्छन्। जताजतै त्यस्ता प्लास्टिकका टुक्रा हुने भएकाले मानिसले सरदरमा ५० हजार त्यस्ता प्लास्टिकका टुक्रा बार्षिक रूपमा खाने गरेको अनुमान गरिन्छ। अझ प्लास्टिकका बोतलको पानी पिउनेहरूले त त्योभन्दा दोब्बर ग्रहण गर्छन् ९अरूले पिउँछन्, उनीहरूले ग्रहण गर्छन्०। यसरी बार्षिक ५० हजार सुक्ष्म प्लास्टिकका टुक्रा ग्रहण गर्ने एक्काइसौँ शताब्दीको मान्छे हाडमासु मात्रै होइन, सानो प्लास्टिकको टुक्रा पनि हो।
निर्बाध प्रकृतिको दोहन नेपालको अर्को ठूलो पर्यावरणीय समस्या हो। हामीले विकासको नाममा यतिखेर नेपालको वातावरण यति दोहन गरेका छौँ कि संभवत मानव बस्ती भएका नेपालका कुनै नदी खोला यतिखेर बाँकी छैनन् जहाँ जलविद्युत् बनाएर, ढुंगागिट्टी बालुवा झिकेर र फोहोर फालेर दोहन नगरिएको होस्। डाँडा–डाँडामा बनेका भ्यु टावर, जथाभाबी खनिएका सडक र त्यसले निम्त्याएका पहिरोले यति सुन्दर देशलाई कुरूप मात्रै पारेको छैन, त्यसले वर्षेनी विपद् पनि निम्त्याएको छ। उदाहरणका लागि नेपालका करिब ५०० ठूला पहिरोको अध्ययन गर्दा ६१ प्रतिशत पहिरो सडक छेउछाउ भेटिएको थियो। सन् २००८ देखि गएका १८० वटा पहिरोमध्ये ८५ प्रतिशत पहिरो सडक खन्न थालेपछि गएका थिए। त्यसकारण, नेपालमा गाँउ आएको बाटोले पहिरो पनि ल्याउँछ। र त्यस पहिरोले कयौँ गरिबलाई घरबारविहीन बनाउँछ।
मैले गरिबको कुरा किन गरेको भने, वातावरणसँगै वर्ग पनि जोडिएर आउँछ। चाहे त्यो संकट सडक खन्दा निम्त्याइएको पहिरो होस् या वन फडानीको कारण निम्त्याइएको समस्या। वायू प्रदूषण होस् या जलवायु परिवर्तन। जलवायु परिवर्तन धनी देशका धनी मान्छेहरूका कारण निम्तिएको समस्या हो। विश्वका १ प्रतिशत उच्च धनीहरूले १६ प्रतिशत हरितगृह ग्यास उर्सजन गर्छन्। विश्वका १० प्रतिशत धनीहरूले गर्ने उत्सर्जन विश्वका ५० प्रतिशत गरिब जनसंख्याले गर्ने बराबरकै छ। तर धनीहरूले गरेको कार्बन उत्सर्जन मारमा भने गरिब देशका पनि सबैभन्दा गरिब, सिमान्तकृत, महिला, जनजाति र आवाजहीन मान्छेलाई पर्ने गरेको छ। विश्वका १ प्रतिशत धनीहरूले गरेको उत्सर्जनको कारण भएको कृषि क्षेत्रको नोक्सानीले मात्रै हाम्रो देशको जत्रो जनसंख्यालाई वर्षभरि खान खुवाउन पुग्दो रहेछ। त्यसैगरि वायु प्रदूषणको उच्च जोखिममा पर्नेहरू पनि सडकमा काम गर्ने, धुँवा धूलोमा खेल्ने, चुलाचौका गर्ने मान्छेहरू नै पर्छन्। नेपालमा पहिरोबाट मर्नेहरूको संख्यालाई राम्रोसँग नियाल्दा त्यसमा दलित समुदायका मानिस बढी मर्ने गरेको पाइन्छ। जैविक विविधताको ह्रासले त्यससँग जीविका गाँसिएका मान्छेहरू नै बढी पिल्सिएको पाइन्छ। राप्ती नदीमा सौराहाका होटलहरूले छाडेको विषाक्त पानीको कारण माछाको संख्या घट्दा सबैभन्दा मारमा त्यहाँका बोटे र मुसहर समुदाय नै पर्ने गरेको तथ्य पाइन्छ। त्यसकारण वातावरणीय न्याय र सामाजिक न्याय एकअर्कासँग जोडिएको हुन्छ, चाहे त्यो वैश्विक होस् या स्थानीय।
अन्त्यमा, पृथ्वीमा उद्वविकास भएका हरेक प्राणीको निश्चित पर्यावरणीय परिधी ९निस० हुन्छ। हात्ती हिमालमा बस्न सक्दैन्। कस्तुरी तराईमा चर्न सक्दैन्। माछा पानी बिना बाँच्न सक्दैन्। तर मान्छे कालहारीको सुख्खा मरुभूमीदेखि चेरापुँजीको आद्रभूमीसम्म, घनघोर जंगलदेखि हिमालको खर्कसम्म, समुद्रीतटदेखि पहाडको कन्दरासम्म भिन्न वातावरण, जलवायु र जीविका लिएर बाँच्नसक्छ। त्यसैले पृथ्वीमा हामी मात्र त्यस्ता जीव हौँ, जसको कुनै पर्यावरणीय परिधी ९निस० छैन। मान्छे जहाँ गएको छ, त्यहाँको पर्यावरणमा अनुकूलन भएको छ वा पर्यावरणलाई आफू अनुकुल बनाएको छ। सायद प्रजातिको रूपमा मान्छेको सबैभन्दा ठूलो सबलता त्यही हो। र कमजोरी पनि। एकल परिधी नहुनु धेरै परिधीहरू हुनु पनि हो। मान्छे पनि यसै प्रकृतिको उत्पादन भएकाले उ यो पृथ्वीको पर्यावरणीय परिधीबाट बाहिर जान सक्दैन। त्यसकारण पर्यावरणको रक्षा गर्नु मानिसको आफ्नै अस्तित्वको रक्षा गर्नु पनि हो। थप प्रकृति विनाशको प्रभाव र समाधानको उपाय मान्छेले मात्रै खोज्न सक्छ। आफै विनाशको कारक भएकोले त्यसलाई संरक्षण गर्नु मानवको नैतिक दायित्व पनि हो। त्यसकारण, मानव उन्नति र वातावरण विनाशको यो विपरित सम्बन्ध मानवको अस्थित्व रक्षाको लागि पनि फेरिनु पर्छ। वातावरणलाई विनाश नगरिकन मानिसको उन्नति, खुशी र फलिफाप संभव तुल्याउन अब जरुरी छ।
त्यसका लागि केही चाँदीका घेराहरू म देखिरहेको छु। यतिखेर विज्ञान र प्रविधीको विकासले कोइलाको नाभीस्थल, औद्योगिक क्रान्तिको जननी बेलायतमा कोइला बेकम्मा बनेको छ। ६ महिना अघि बेलायतले कोइलाबाट बिजुली निकाल्ने अन्तिम पावर प्लान्ट बन्द भएको घोषणा गरेको थियो, जसले हाम्रो भविष्यको उर्जा यात्राको संकेत गर्छ। कुनैबेला विश्वका धेरै प्रदूषित शहरहरू यतिखेर प्रदूषण रहित बनेका छन्। त्यसले प्रदूषण नियन्त्रण सम्भव छ भन्ने प्रमाणित गर्छ। ओजन तह विनाशको समस्या संसारभरका सरकार मिलेर हाम्रै पालामा समाधान गरिएको थियो। त्यसले जलवायु परिवर्तन जस्ता वैश्विक समस्या हल गर्न सकिन्छ भन्ने देखाउँछ। र, हाम्रै देशमा एक समय कठिन देखिएको वन विनाशको समस्या समुदायको पहलमा वन संरक्षणमा फेरिएको छ। वन बढेका छन्। गैँडा, बाघ, हात्ती र गोही जस्ता लोप हुन लागेका जनावरहरूको संख्यामा पछिल्ला वर्षमा बढोत्तरी भएको छ। त्यसले मासिएका प्रकृतिको पुर्नजागरण गर्न सकिन्छ भन्ने आशा जगाँउछ।
तर यी सबै वैश्विकदेखि स्थानीय पर्यावरणीय प्रतिफलहरू जनस्तरमा थालिएका आन्दोलन, सामुदायीक पहल, सचेतना अभियानका नतिजा हुन्। विश्व वातावरणका मुद्दालाई पश्चगमनतिर धकेल्ने ट्रम्प, बोल्सेनारो जस्ताहरूलाई सचेत जनताले नै हटाएका हुन् र फेरि पनि हटाउने छन्। पुस्ता र प्रजातिको हिसाबले अहिले बाँचिरहेका हामी, मानव इतिहासकै सबैभन्दा समृद्ध, सुखी र सहजतामा बाँचेको पुस्ता हौँ। हामीलाई अहिले समस्या पनि थाहा छ, त्यसको प्रभाव र समाधानका उपाय पनि थाहा छ। त्यसैले हाम्रो पुस्ताको लागि आफ्नो उन्नतीसँगै आफूजस्तै अन्य प्रजाति र प्रकृतिको पनि संरक्षण र उन्नतिलाई सँगसँगै लैजाने अवसर छ। र, अहिलेको यो विमर्श पनि त्यसैको एउटा सानो कडी हो। धन्यवाद।
(रिडर्स झापाको आयोजनामा भएको कला साहित्य उत्सवमा श्रेष्ठले कार्यक्रममा राखेको मन्तव्य)