२७ वैशाख २०८२, शनिवार

भारतमा सञ्चारमाध्यममाथि सरकारद्वारा नियन्त्रण सुरु

२६ वैशाख २०८२, शुक्रवार
Image

झापा, २६ वैशाख । पाकिस्तानसँगको युद्धको कारण जनाउँदै भारत सरकारले सञ्चारमाध्यममा नियन्त्रण थालेको छ ।

भारतीय जनता पार्टीको नेतृत्वमा गठित सरकारले प्रसिद्ध अनलाइन पत्रिका द वायरको प्रकाशनमा बन्देज लगाएको छ ।

द वायरले नरेन्द्र मोदीको सरकारले संविधानद्वारा प्रदत्त प्रेस स्वतन्त्रतामाथि निर्लज्ज आक्रमण गर्दै पत्रिकाको अनलाइनमा बन्देज लगाएको विज्ञप्तिमार्फत जनाएको छ ।

द वायर पत्रिका मोदी सरकारको आलोचक मिडिया मानिन्थ्यो । तर, पाठकमाझ भने स्वतन्त्र र निर्भीक पत्रिकाको रुपमा परिचित थियो ।

यसैबीच, भारतको रक्षा मन्त्रालयले सबै प्रकारका सञ्चारमाध्यमलाई सुरक्षा कार्वाहीसँग सम्बन्धित घटनाको विना अनुमति प्रत्यक्ष प्रशारण नगर्न निर्देशन दिएको छ ।