१३ चैत २०८२, शुक्रवार

गठन भयो बालेन सरकार, शपथमा गुञ्जियो स्वस्ति बाचन

१३ चैत २०८२, शुक्रवार
Image

झापा, १३ चैत । रास्वपा संसदीय दलका नेता बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नु  भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनु भएको हो । आजै भएको शपथ ग्रहण कार्यक्रममा बटुकद्वारा स्वस्ति बाचन र शंखध्वनी गुञ्जाइएको थियो ।

यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।

फागुन २१ को चुनावमा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचित हुन भएको थियो ।

को को बने मन्त्री ?

प्रधानमन्त्री बालेन ः रक्षा र उद्योग मन्त्रालय।

स्वर्णिम वाग्ले ः अर्थमन्त्री ।

सुधन गुरुङ ः गृह मन्त्रालय ।

शिशिर खनाल ः परराष्ट्र मन्त्रालय।

सुनिल लम्साल ः  भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास ।

विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाइ ।

खड्कराज पौडेल ९गनेश० ः पर्यटन ।

सस्मित पोखरेल ः शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद ।

निशा मेहता ः स्वास्थ्य तथा जनसंख्या ।

विक्रम तिमिल्सिना ः सञ्चारमन्त्री ।

प्रतिभा रावल ः सामान्य प्रशासन मन्त्री 

दीपक साह ः श्रम रोजगार 

सोविता गौतमः  कानुन ।

गीता चौधरी : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण ।

सीता वादी : महिला, बालबालिका ।