झापा, २३ फागुन । झापा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेद्वार निशा डाँगी निर्वाचित हुनु भएको छ ।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपा उम्मेद्वार डाँगी ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ ।
उहाँका अनुसार निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नु भएको छ भने श्रम संस्कृति पार्टीका उम्मेद्वार केवलराम राई ले १० हजार ४ मत र नेकपा एमालेका उम्मेद्वार रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत प्राप्त गर्नु भएको छ । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने सात हजार ७७ मत बदर भएको उहाँले जानकारी दिनुभयो ।