१४ वैशाख २०८१, शुक्रवार

काठमाडौंलाई ८३ रनमा समेट्दै विराटनगर क्वालिफायरमा

२५ पुष २०७९, सोमवार
Image

काठमाडौं । सूर्य तामाङको उत्कृट वलिङमा काठमाडौं नाइट्सलाई लाई ८३ रनमा समेट्दै ९९ रनको जित निकालेको विराटनगर सुपर किङ्सले दोस्रो क्वालिफायरमा जनकपुर रोयल्ससँगको भेट पक्का गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न इलिमिनेटरमा विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको काठमाडौं १२।४ ओेभरमा ८३ रन बनाएर अलआउट भयो ।

काठमाडौंका ओपनर लोकेश बम १३ रनामा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १५ रन र अविनाश बोहरा १६ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका शुर्य तामाङले २।४ ओभरमा १४ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । शाहाव आलम २ र कियोन जोसेफले समान दुई विकेट लिँदा हुसेन टलतले १ विकेट लिए ।

यसअघि, टस जितर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार पारेको छ ।

ओपनर गौरान्सु शर्मा १ रन र अर्जुन साउद २ रनमा आउट भएपछि तेस्रो नम्बरमा क्रिजमा आएका रोहितले विराटनगरका लागि सर्वाधिक ६१ रनको योगदान गरे । उनले तेस्रो विकेटका लागि हुसेन टलतसँग ९८ रनको साझेदारि गर्दै ४९ बलमा ६ चौका र २ छक्का प्रहार गरे । तलतले २३ बलमा १ चौका र तीन छक्कासहित ३८ रन योगदान गरे ।
राज ननन् २३ रनमा आउट हुँदा विवेक यादवले १८ बलमा ३ चौका र तीन छक्का प्रहार गर्दै ४६ रन जोडे ।

काठमाडौंका अनिल खरेलले ४ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले ४ ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिँदा गौतम केसी र अविनाश बोहराले समान एक विकेट लिए ।

अब विराटनगरले मंगलबार हुने दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससँग खेल्नेछ ।
पहिलो क्वालिफायरमा लुम्बिनी अलस्टार्स जनकपुरलाई हराउँदै आइतबार फाइनल पुगिसकेको छ ।