४ वैशाख २०८१, मङ्गलवार

एनप्याब्सनले सुरु गर्यो खेलकुद महोत्सव

८ माघ २०७९, आइतवार
Image

मेचीनगर, ८ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको आयोजनामा ११औं खेलकुद महोत्सव सुरु भएको छ । 

हल्दीबारी–३ स्थित चिल्ड्रेन गार्डेन इङ्गलिस बोर्डिङ्ग स्कुलको खेल मैदानमा शनिबार जिल्लास्तरीय फूटबलको समुद्घाटन भएको छ भने एथलेटिक्स तर्फको १०० मिटर छात्र÷छात्रा र २०० मिटर छात्र÷छात्राको खेलहरु सम्पन्न भएका छन् ।

आज भएको अन्तर मावि जिल्ला स्तरीय फूटबलमा अरुणोदय आवासीय मावि काँकरभिट्टा, सूर्योदय आवासीय मावि, काँकरभिट्टा, आदर्श विद्या मन्दिर धुलाबारी, इष्ट होराइजन अंग्रजी मावि, धुलाबारी, दन्तकाली बोर्डिङ्ग स्कुल, चारआली, चिल्ड्रेन गार्डेन अंग्रेजी मावि हल्दीबारीले विजयी सुरुवात गरेका छन् ।

आज नै सम्पन्न भएका एथलेटिक्सका १०० मिटर र २०० मिटर दौडमा छात्रा तर्फको १०० मिटर दौंडमा फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका स्मारिका श्रेष्ठ, चिल्ड्रेन गार्डेन अंग्रेजी माविका निरु मेचे र माँ सरस्वती एजुकेशन फाउण्डेशनका रिदिमा राईले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । 

छात्र तर्फको १०० मिटर दौडमा दन्तकाली बोर्डिङ्ग स्कुलका यूक्रिस वस्नेत, तोपगाछी मोडल अंग्रेजी स्कुलका भिष्म श्रेष्ठ र अरुणोदय आवासीय मा.विका अमन वाँतरले क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

आज नै भएको छात्रा तर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी माविका सलिना मेचे, अरुणोदय आवासीय माविका दिपशिखा भूजेल र इडेन गार्डेन अंग्रेजी मा.वि.का लक्ष्मी मैनालीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

त्यसैगरी आजै भएको छात्र तर्फको २०० मिटर दौंडमा चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि.का राज मेचे, अरुणोदय आवासीय माविका संजोग राउत र फाक्तालुङ्ग एजुकेशन फाउण्डेशनका सुवास खत्रीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छने ।

सम्पूर्ण विजेता विद्यालयका खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सन प्रदेश नं. १ का उपाध्यक्ष रामकुमार राजवंशी, एनप्याब्सन झापाका उपाध्यक्ष एवम् खेलकुद संयोजक प्रेम शेर्मा, एनप्याब्सन झापाका सचिव ओमविक्रम नेम्बाङ्ग, एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा एनप्याब्सन मेचीनगरका कोषाध्यक्ष दिपेन्द्र प्रधान, एनप्याब्सन मेचीनगरका सदस्य नवराज सुवेदी, अरुणोदय आवासीय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुईटेल, तोपगाछी मोडल इङ्गलिस स्कुलका प्रधानाध्यापक गिरीराज वस्नेत, लोफोफोरस इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सागर गुरुङ्ग, शान्तिपथ बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक कञ्चन गौंतम लागायतको उपस्थिति रहेको थियो ।

एनप्याब्सन झापाका अध्यक्ष खिवराज भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले गरेका थिए ।

एनप्याब्सन जिल्ला स्तरीय खेलकुद कार्यक्रमको समापन वृहत साँस्कृतिक कार्यक्रमसहित आगामी माघ २१ गते इष्ट होराइजन मावि धुलाबारीमा गरिने एनप्याब्सन झापाका खेलकुद संयोजक प्रेम शेर्माले बताए ।