१४ वैशाख २०८१, शुक्रवार

होराइजनका पुरस्कृत विद्यार्थीलाई अवार्ड

२ चैत २०७९, बिहिवार
Image

मेचीनगर, २ चैत । धुलाबारीको इस्ट होराइजन माविले आफ्ना विद्यार्थीले विभिन्न प्रतियोगिताका अलगअलग विधामा प्राप्त पुरस्कारलाई अवार्ड कार्यक्रमको आयोजना गरेर वितरण गरेको छ ।

विद्यार्थीहरुले नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा प्राप्त गरेको पुरस्कारलाई अवार्ड कार्यक्रम गरेर आज विद्यालय परिसरमा वितरण गरिएको हो ।

विद्यालयले नृत्य, हाजिरीजवाफ, गायन, वक्तित्वकला, कविता तथा कथा लेखन, एनसिसी लगायतका विधामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गरेको छ । 

यसैबीच, मुरल पेन्टिङ प्रतियोगिताको उपाधि पनि इस्ट होराइजनले जितेको छ । प्रतियोगितामा पञ्चायत मावि पथरी दोस्रो र धुलाबारी मावि तेस्रो भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, नगर शिक्षा अधिकृत पवित्रा ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रिन्सिपल सञ्जीव राइले र सञ्चालन प्लसटुका संयोजक रेखा क्षेत्रीले गरेकी थिइन् ।