७ वैशाख २०८१, शुक्रवार

झापा नेशनल स्कुलमा ‘रोबोटिक्स फेयर’ मेला

४ चैत २०७९, शनिवार
Image

मेचीनगर, ३ चैत । मेचीनगर नगरपालिककाकी उपमेयर मीना पोखरेल उप्रेतीले रटन्ते र घोकन्ते विध्या अब काम नलाग्ने बताएकी छन् ।

आज मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘रोबोटिक्स फेयर’ मेलामा उपमेयर उप्रेतीले यस्तो कुरा बताएकी हुन् ।

उनले रटन्ते र घोकन्ते विध्या मात्र होइन अत्याधुनिक प्रविधिहरु आएपछि अब घोकिरहनु नपर्ने बताइन् ।

अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी र विद्यार्थीहरुको सहकार्य भएमात्र विद्यालय राम्रो शिक्षा दिन सक्ने उपमेयरको दावी छ ।

प्रमुख अतिथि उपमेयर उप्रेतीले आज विद्यार्थीले बनाएको यन्त्र जडित ई–साइकल कुदाएर कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

स्कुलको परिसरमा ‘रोबोटिक्स फेयर’ मेला आजबाट शुरु भएको छ । मेलामा झापा नेशनलका विद्यार्थीले आफैँ निर्माण गरेका २० वटा भन्दा बढी रोबोट प्रदर्शन गरेका छन् । 

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, ५ का वडाध्यक्ष कनकबहादुर कार्की, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, व्यावसन मेचीनगरका अध्यक्ष डम्बर रुचाल, शिक्षासगँ आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, अविभावक, संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए । ‘रोबोटिक्स फेयर’ भोलि सम्म सञ्चालन हुनेछ ।

स्कुलका संसथापक प्रिन्सिपल कमल भेटवालको अध्यक्षतामा, स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले र कार्यक्रमको सञ्चालन अविभावक गोकुल अधिकारीले गरेका थिए ।






लेखकको बारेमा
Image
अर्जुन कार्की

लोकतन्त्र पोस्टका पूर्वसहकर्मी अर्जुन कार्की हाल मेचीनगर अनलाइनका सम्पादक हुनुहुन्छ ।