७ वैशाख २०८१, शुक्रवार

झापा नेशनल

रोबोटिक्स फेयरमा भाग्य न्यौपाने

५ चैत २०७९, आइतवार
Image

मेचीनगर, ५ चैत । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दुई दिने ‘रोबोटिक्स फेयर’ मेला शनिबार सम्पन्न भएको छ । 

‘रोबोटिक्स फेयर’ मेलाको अन्तिम दिन अर्थात शनिबार पनि सयौंले अवलोकन गरेका थिए । सो दिन चर्चित युटुवर भाग्य न्यौपाने पनि सहभागी बनेका थिए । 

उनले विद्यार्थीले बनाएको रोबोटका बारेमा जिज्ञासा राखेका थिए । सोही क्रममा विद्यार्थीले रोबोटका विविध विषयमा जानकारी गराएका थिए । 

विद्यालय स्तरमा सम्भवतः पहिलो पटक आयोजना भएको रोबोटिक्स मेला सफलतापूर्वक सम्पन्न भएको झापा नेशनल स्कुलका संस्थापक प्रिन्सिपल कमल भेटवालले बताए । 

उनले विद्यार्थीको पहिलो प्रयासलाई विद्यालयले निरन्तरता दिने बताए । ‘रोबोटिक्स फेयर’ मेलाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उपे्रतीले गरेकी थिइन् ।