८ वैशाख २०८१, शनिवार

महिला उद्यमी संघको अध्यक्षमा सुष्मा

१८ वैशाख २०८०, सोमवार
Image

विर्तामोड, १८ बैशाख ।  उद्यमी महिलाहरूकाे संस्था महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा शुस्मा भण्डारी पाैडेल चयन हुनु भएकाे छ ।

संघकाे आज बिर्तामाेडमा सम्पन्न चाैथाे अधिवेशनबाट बिर्तामाेडकी उद्यमी पाैडेलकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।

दुई बर्षे कार्यकाल रहने समितिकाे बरिष्ठ उपाध्यक्षमा सर्मिला अधिकारी, उपाध्यक्षमा प'नम उप्रेती, महासचिवमा यमुना तिवारी चिमरिया, सहसचिवमा युनिता दवाडी र कोषाध्यक्षमा पूजा सुब्बा चयन भएका छन् । त्यस्तै समिति सदस्यहरुमा पुनम अधिकारी, बिना दाहाल, दीपा श्रेष्ठ, पारुग ओली र कल्पना कडरिया हुनुहुन्छ ।

संघकी अध्यक्ष नैनकला भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपसभापति शान्ता रोक्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोक्का, विशेष अतिथिहरु बिर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य यमुना आचार्य, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, सप्तकोशी विकास बैंकका प्रबन्ध निर्देशक दिनेश पोखरेल, एक्सेल डेभलपमेन्ट विकास बैंकका निर्देशक डा. इन्द्रकुमार कट्टेल बीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा लगायतले शुभकामना मन्तव्य राख्दै यस्तो धारणा राख्नु भएकाे थियाे।

अध्यक्ष भट्टराईले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सप्तकोशी सफल महिला उद्यमी सम्मानबाट सर्मिला अधिकारी र एक्सेल सफल महिला उद्यमी सम्मानबाट सूर्या राजवंशीलाई नगद राशीसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मानितहरुको सम्मान पत्र उपाध्यक्ष युनिता दवाडीले वाचन गरेको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष यशोदा पोखरेलले गर्नु भएकाे कार्यक्रम महासचि सर्मिला अधिकारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।