७ कार्तिक २०८१, बुधवार

सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा

५ जेठ २०८०, शुक्रवार
Image

झापा, ५ जेठ । सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत प्रतिष्ठानअन्तर्गत सबै प्रदेशहरुमा मेडिकल कलेज स्थापना गर्ने बताएका हुन् ।

यस्तै चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐनअन्तर्गत सञ्चालन गरिने राष्ट्रपति पौडेलले बताए ।

प्रदेश र क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी शिक्षण अस्पताल बनाउने घोषणा गरेको छ ।