२७ वैशाख २०८१, बिहिवार

सिनेमा

‘आदिपुरुष’को भारतमै भइरहेछ विरोध

२ असार २०८०, शनिवार
Image

झापा, २ असार । रामायणको कथालाई तोडमरोड गरेको भन्दै भारतमा समेत हिन्दी सिनेमा ‘आदिपुरुष’को विरोध भइरहेको छ ।

जानकी भारतकी छोरी हुन् भन्ने वाक्यांश राखिएको कारण यसको नेपालमा व्यापक विरोध भएको छ । सिनेमा वितरकले नेपालमा देखाइने सिनेमामा यो अंश सेन्सर गरेर हटाएका छन् ।

पाँच सय करोडको लागतमा बनेको दक्षिण भारतीय सिनेमा ‘आदिपुरुष’मा रामायणकालीन कथा उतार्ने प्रयास गरिएको छ । तर, कथालाई तोडमोड गरिएको आलोचकहरुले बताउँदै आएका छन् ।

सीता अर्थात जानकी नेपालको जनकपुरमा जन्मिएकी हुन् । यो तथ्यलाई सिनेमामा तोडमोड गरेर भारतीयकरण गरिएको छ । काठमाडौंका मेयर बालेन साहले नसच्चिएसम्म महानगरमा सिनेमा चलाउन नदिने अडान राखेका थिए ।

भारतमै भइरहेको छ विरोध

सिनेमाले रामायण कथाकै हुर्मत लिएको यसका आलोचकहरुले बताएका छन् ।

ओम राउतको निर्देशनमा बनेको यो सिनेमामा सैफ अलि खानले रावण, कृति सैननले सीता, प्रभाषले राम र वत्सल सेठले रावणपुत्र इन्द्रजित र देवदत्तले हनुमानको अभिनय गरेका छन् ।

सिनेमामा हनुमानको संवादलाई असुहाउँदो भनिएको छ ।

लंकादहनका लागि लंका पुगेका हनुमान र रावणपुत्र इन्द्रजित बादविवाद हुँदा इन्द्रजितले भन्छन्–यो तेरो बाउको बगैचा ठान्छस् ?

हनुमानले जवाफ फर्काउँछन्–कपडा तेरो बाउको, तेल पनि तेरो बाउको, आगो पनि तेरो बाउको र जलाउने कुरा पनि तेरै बाउको ।

बीबीसीका अनुसार ट्वीटर प्रयोगकर्ता नरेन्द्र नाथ मिश्रका अनुसार रामायणमा हनुमानका लािग यस्तो अभद्र भाषा प्रयोग गरिनु हुँदैन ।

चरम मोदी मेहता नामकी एक ट्वीटर प्रयोगकर्ताले कमसेकम आफ्नो छोराछोरीले गलत रामायण नदेखुन् भनेर सिनेमा हेर्न काटिसकेको टिकट क्यान्सिल गरेको बताएकी छन् ।

प्रवीण धुल ट्वीटरमा लेख्छन्–आदिपुरुष सिनेमा होइन, एउटा अपराध हो । पवित्र रामायणलाई हदैसम्म अभद्र, असहनीय र बर्बर मजाक गरिएको छ । 

भारतीय दर्शकहरुले आदिपुरुष तथ्यलाई बंग्याएर लेखिएको र बहिष्कारयोग्य भएको बताएका छन् ।