२३ फागुन २०८२, शनिवार

झापा, पाँचथर, धनकुटा र झापामा श्रम संस्कृति पार्टीको राम्रो लहर

२२ फागुन २०८२, शुक्रवार
Image

झापा, २२ फागुन । धरानको मेयरबाट राजीनामा दिएर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीले झापा, धनकुटा र पाँचथरमा राम्रो मत पाएको छ ।

धनकुटा र पाँचथरमा श्रम संस्कृति पार्टीले अग्रता नै लिएको छ ।

धनकुटामा श्रम संस्कृति पार्टीका सानबहादुर राईले १५९० मत प्राप्त गर्नु भएको छ । जहाँ एमालेका राजेन्द्रकुमार राईले १०४०, कांग्रेसका दिनेश राईले ७३४ र रास्वपाका दिनेश भण्डारीले १४४ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तार शेर्माले सुरुआती अग्रता लिनु भएको छ ।

शेर्माले ३०३ मत पाउनुभयो । कांग्रेसका नरेन्द्र कुमार केरुङले १८६, एमालेका अइन्द्र सुन्दर नेम्वाङले १७६, नेकपाका हर्क नेम्वाङ मिक्सोले १४१ र रास्वपाका महेन्द्रबिक्रम थाम्सुहाङले ३४ मत पाउनु भएको छ ।

सुनसरी–१ मा भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिनु भएको छ ।

रास्वपाबाट गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्कले १५४ ल्याउनुभयो । कांग्रेसका सुजेन्द्र तामाङले १०७,  राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टिकाराम लिम्बुले २० मत ल्याउनुभयो ।

इलाम–२ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाउनुभयो ।

झापा–१ मा श्रम संस्कृति पार्टीका केवलराम राईले दोस्रो स्थानमा बढिरहनु भएको छ । यस क्षेत्रमा रास्वपाकी निशा डाँगीले अग्रता लिनु भएको छ ।