१५ वैशाख २०८१, शनिवार

झापा गोल्डकप : उपाधि हात पार्ने एफीएफ र चर्च ब्वाइज दुवैको दाबी

२७ फागुन २०८०, आइतवार
Image

झापा, २७ फागुन । फागुन १९ गतेदेखि जारी छैटौं झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ । 

बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा सोमबार हुने फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवबीच प्रतिष्पर्धा हुँदैछ । 

फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने आज विर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दाबी गरेका छन् । 

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेसको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए । 

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । 

कन्फ्रेसमा झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेलले दिनुभएको थियो । 

 झापा गोल्ड कपको बिजेताले रु. १३ लाख नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले रु. ७ लाख पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही रु.२५ हजार बिधागत पुरस्कारको रुपमा पाउने छन् ।