१२ साउन २०८१, शनिवार

मेची क्याम्पसमा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्दै

१४ जेठ २०८१, सोमवार
Image

झापा, १४ जेठ । झापामा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने भएको छ । 

खेल मैदानको निर्माणका लागि मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच  सम्झौता भएको छ । क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण गरिने भएको हो ।

क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।

क्याम्पसका तर्फबाट सम्झौताको रोहवरमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राई, विद्यार्थी कल्याण प्रमुख डम्मरप्रसाद रेग्मी, स्ववियू सभापति सन्देश धमला र क्लबका तर्फबाट वडाध्यक्ष गौरव सुव्वा मनोज, सल्लाहकार दिपेश ढकाल, उपाध्यक्षद्धय नितेश वर्मा र मनोज श्रेष्ठले समेत हस्ताक्षर गर्नुभएको छ ।

सो सम्झौता पत्रमा खेल मैदान २५ वर्षको लिज क्लवलाई दिने र क्लबले मैदान प्रयोग गरे वापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेखछ । अतिरिक्त प्रतियोगिता भएका वखत विध्यार्थी, शिक्षक र कर्मचारीले प्रवेशमा छुट पाउने, क्याम्पसले आफुलाई आवश्यक पर्दा मैदानको निःशुल्क प्रयोग गर्न पाउने, हरेक ५ वर्षमा भाडा पुनरावलोकन र लिज नवीकरण गर्नुपर्ने लगायत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौतालाइ क्लवका सल्लाहकार छत्र अधिकारी,भद्रपुर नगरप्रमुख गणेश पोखरेललगायतले ऐतिहासिक भन्दै सम्झौता पालनामा दुवै पक्षले ध्यानदिनुपर्ने सुझाव दिनुभएको थियो  ।