२३ भदौ २०८१, आइतवार

प्रविधि पढ्नेका लागि उत्कृष्ट गन्तब्य ‘मनमोहन पोलिटेक्निक’

४ साउन २०८१, शुक्रवार
Image

विराटनगर , ४ साउन । मोरडको बुढीगंगा गाउँपालिका वडा नं. ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सँधै उत्कृष्ट हुँदै आएको छ । 

गुणस्तरीय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएको हो । 

यो शिक्षालय २०७३ र २०७४ मा प्रदेशभरिको  र २०७५ र २०८० मा  देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ । 

औजार उपकरणले मात्र नभई भौतिक पूर्वाधारले सम्पन्न यो शिक्षालयमा प्राविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाईब्रेरी छन् । अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरीय पढाई हुने भएकोले भर्ना हुन हरेक बर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदिप अधिकारीका अनुसार २६४ सिटमा भर्ना हुन हरेक बर्ष एक हजार जना भन्दा बढि बिद्यार्थीले आवेदन दिने गरेका छन् ।

२०६५  मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिलेसम्म २५ सय जना दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गरिसकेको छ । उत्पादन भएका जनशक्त्ति व्यावहारिक रुपमा दक्ष भएकोले प्राय सबैले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय बजारमा पनि पाइसकेका छन् । कोही थप उच्च प्राविधिक शिक्षा पढेर विज्ञ बनिसकेका छन् । मनमोहन पोलिमा दीक्षित भएकाहरुले मात्र नभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन् । दीक्षित नभएकाहरु दीगो हुने भएकोले उनीहरुलाई रोजगार दिन उद्योगहरुले प्राथमिकता दिने गरेका छन् । 

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भइरहेको मनमोहन पोलिटेक्निकमा बिद्यार्थीहरु आफै कमाएर पढने ‘अर्न टु लर्न’ कार्यक्रम पनि छ । यसबाहेक यो शिक्षालयले दलित, सीमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति पनि दिदै आएको छ । भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखि प्राबिधिक बिषयमा पठनपाठन सुरु गरेको यो शिक्षालयमा २०६८ देखि  इलेक्ट्रिक्स मेकानिक, सिभिल र ईलेक्ट्रिक एन्ड ईलेक्ट्रिोनिक्स, आर्किटेक्चर, ईन्फमेसन टेक्निोलोजी, अटोमावाईल्स आदि ७ वटा विषयमा डिप्लोमा तहमा पढाई हुँदै आएको छ । 

यहाँ दुई बर्षे डिप्लोमा तहको औद्योगिक मेकानिकल कोर्स पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानीय र स्वीस सरकारको सहयोगमा विल्डिड, मोटरसाइकल, लाईट भेहिकल, कमप्युटर हार्डबेयर र नेटवर्किड, एसी मर्मत, टाईल मार्वल फिटिड, विल्डर, पेन्टिङ आदि १२ बिषयको मेकानिक तालिम पनि सञ्चालन हुँदै आएको छ ।     

अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्स गराइरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निःशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरी निःशुल्क पढाउँदै आएको छ । चार जना बिद्यार्थी पूर्व अध्यक्ष भरतमोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रबृत्तिमा पढ्ने गरेका छन् । ३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढ्दै आएका छन् । 

हरेक संकायमा ४२ जना बिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जना बिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गरेका छन् । यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीले एक हप्तादेखि एक बर्षे छोटो अवधिको बिभिन्न निःशुल्क तालिमहरु पनि लिँदै आएका छन् ।  

तीन पटक सरकारबाट उत्कृष्ट प्राविधिक शिक्षालय भनेर पुरस्कृत भइसकेको मनमोहन पोलिटेक्निकले सैद्धान्तिक भन्दा  बढी व्यावहारिक शिक्षामा जोड दिने गरेको छ । यहाँबाट दीक्षित हुने बिद्यार्थीहरु प्राविधिक अनुसन्धानमा पनि दक्ष हुने गरेका छन् । पढिसकेपछि देशभरि जहाँ पनि तुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहन पोलिटेक्निकमा पढ्न विद्यार्थीहरु सधै आर्कषित हुने गरेका छन् । 

प्राचार्य अधिकारी आफ्नो शिक्षालयप्रति गर्व गर्दै भन्छन् , ‘भौतिक पूर्वाधारले मात्र नभएर पाठ्यक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौं, यसैले हामी अरु शिक्षालय भन्दा अब्बल र अहिलेसम्म देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएका हौ ।’

-आशिका लम्साल