६ पुष २०८१, शनिवार

भलिवल

आज नेपालसँग भिड्दै भारत, प्रधानमन्त्री ओली हेर्न जाने

२३ साउन २०८१, बुधवार
Image

काठमाडौं, २३ साउन। नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल (भलिवल) हेर्न प्रधानमन्त्री केपी ओली जाने हुनु भएको छ ।

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।

नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।

लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।