२० जेठ २०८२, सोमवार

विचार

यस्तो किन हुन्छ ?

१६ जेठ २०८२, बिहिवार
Image

राजनीति गर्ने मानिसलाई सामाजिक सञ्जालमा गरिने गाली हेर्दा यस्तो लाग्छ दुनियाँमा सबैभन्दा खत्तम् काम भनेको राजनीति हो । अझ पदमा बसेका मानिसलाई झन् धेरै गाली गरिन्छ । पदमा पनि उच्च पदकालाई अभैm बढी । प्रधानमन्त्री, ठूला पार्टीका नेता झन् बढी गाली खानेमा पर्छन् । यस्तो किन हुन्छ ? के राजनीति गर्नु गलतै हो ? राजनीतिमा लागेका सबै मानिस गलतै हुन् ? राजनीति खराव मानिसले मात्रै गर्ने हो ? आदि आदि । 

राजनीति गर्नु भनेको सेवा मध्येको उत्कृष्ट सेवा हो, नीति मध्येको राजा नीति हो । यसले सबै मानिसलाई प्रभावित गर्ने गर्छ । राजनीतिले सही बाटो लियो भने व्यक्ति, समाज, देश अगाडि बढ्छ र राजनीति खराव भयो भने व्यक्ति, व्यक्तिलाई असर पर्छ । समाज समस्यामा फस्न जान्छ । समाज र देश गरीवीमा धकेलिन्छ । असुरक्षा बढ्छ । मानिसका जीवन अस्तव्यस्त हुन्छन् । 

सन्दर्भ नेपालकै राजनीतिको लिउँ । नेपालको एकीकरण गर्ने कामको अगुवाई राजा पृथ्वीनारायण शाहले गरेको इतिहास छ । उनको निधन चाँडै भयो । उनले एकीकरण शुरु गरेको आधुनिक नेपालको कार्यभार पूरा हुन पाएको थिएन । मुलुकमा राम्रोसँग थिति बसेको थिएन । नयाँ जितेका राज्यमा थिति बसाउने कुरा बाँकी नै थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका जितेपछि राजधानी गोरखाबाट काठमाडौ उपत्यकामा ल्याए । गोरखा राज्यको विस्तार भएको भए पनि विस्तारित देशको नाम गोरखा नराखेर काठमाडौको नेपाल राज्यको नाम राखे । थिति बसाउन खोजे । तर उनले जितेको राज्यमा लामो समय शासन गर्न पाएनन् । उनको निधनपछि उनका सन्तानले शासन गर्न शुरु गरे । 

नेपालको राजनीति यहीबाट बिग्रहको बाटोमा गयो । दरवारभित्रको झगडा, शक्ति हत्याउने दाउपेच, सन्काहा प्रवृत्तिका राजा र राजपरिवारका सदस्यको कोपभाजनमा देशका धेरै कुशल भारदार, सेना, सर्वसाधारण पर्दै गए । धेरैको ज्यान गयो । सम्पत्ति हरण गरियो । देश निकाला भए । किन यस्तो भयो भने राजनीतिको धुरीमा बस्ने मानिस अयोग्य हुँदा यस्तो भएको थियो । राजनीतिको धुरीमा योग्य मानिस हुँदा नेपाल देशको एकीकरण भयो । तिनै पृथ्वीनारायण शाहका उत्तराधिकारी अयोग्य हुँदा देश घोर अन्धकारमा फस्यो । 

चतुर जंगबहादुर राणा एउटा सामान्य परिवारबाट उठेर तत्कालीन राजदरवार भित्रको द्वन्द्वमा खेलेर राजाको अधिकार सीमित गर्दै शासनसत्ता आफ्नो हातमा लिएर आफ्नै वंशमा शासन सीमित गरे । जंगबहादुरको शासनकालको मूल्याङ्कन केही राम्रो र केही नराम्रो भएको छ । तर जंगबहादुरका उत्तराधिकारीहरु मोहनशमसेर राणासम्म आइपुग्दा एकाध श्री ३ का केही वाध्यात्मक सुधारका काम बाहेक कुनै राम्रो काम, जनताको हितको काम, देशको हितको काम भएन । यो १०४ वर्ष घनघोर अन्धकारको युगमा नेपाल रहन गयो । राजनीति सत्ताको धुरीमा बसेका मानिस अयोग्य, स्वार्थी, शक्तिको लागि निरन्तर हत्या मारकाट, षडयन्त्रको युगबाट गुज्रिएको यो समय नेपाल घनघोर मध्ययुगीन (अरु विश्वको तुलनामा ३÷४ सय वर्ष अघिको) अवस्थामा रहन गयो । 

२००७ सालभन्दा पहिला नेपालमा जनताले तिरेको सम्पूर्ण आम्दानी शासक अर्थात श्री ३ राणाको हुन्थ्यो । देशको बजेट बन्ने र आम्दानी खर्चको हिसाब नै हँुदैन थियो । कतै कतै कुनै सामान्य विकास सडक, पार्टी पौवा, पुल, खानेपानी, मन्दिर आदि बनाउनु प¥यो भने श्री ३ ले दिएको पैसाले मात्रै हुन्थ्यो । 

२००७ साल पहिलादेखि नै देशको अवस्थामा सुधार ल्याउन केही युवाहरुले गोप्यरुपमा राणा शासनको विरुद्धमा आवाज उठाए । २००७ साल पहिला नै देशमा नयाँ परिवर्तनका लागि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीको गोप्य रुपमा स्थापना भयो । यिनै पार्टीहरुले नेपालमा राणा शासनको अन्त्यका लागि आन्दोलन शुरु गरे । २००७ सालमा भर्खरै स्वतन्त्र भएको भारतले नेपालको राजनीतिमा खेलेर सन् १९५० को सन्धी गरायो । 

सन् १९५० को नेपाल–भारत सन्धीले नेपालको हकमा केही बन्देजात्मक शर्तहरु थोपरिए । जस्तै, नेपालले भारतको सहमतिमा मात्रै हतियार खरिद गर्न पाउने, नेपाल र भारतका जनता एक अर्का मुलुकमा स्वतन्त्र रुपमा आवत–जावत र पेशा व्यवसाय गर्न पाउने लगायतका व्यवस्था थिए । यसलाई नेपालका तर्पmबाट तत्कालीन श्री ३ मोहन शमसेर राणाले सही गरे । उनलाई पनि आफ्नो प्रधानमन्त्री पद जोगाउनु थियो । सत्ता परिवर्तन हुँदाको अवस्थामा आपूm, आफ्नो परिवार, सम्पतिको सुरक्षाको बन्दोबस्त गर्नु थियो । त्यसको उपहार नेपालको आधुनिक युगको पहिलो प्रधानमन्त्री मोहन शमशेर राणा नै हुन पुगे ।

भारतको पहलमा भएको यो सन्धीको अर्को पक्षमा नेपालको दरवार, सत्ताधारी राणा र आन्दोलनकारी शक्ति नेपाली काङ्ग्रेस थिए । दरवारका प्रतिनिधि श्री ५ राजा त्रिभुवन (जो पहिल्यै नेपालस्थित भारतीय दूतावासमा शरण लिएर भारत कै पहलमा नयाँ दिल्ली पुगेका थिए), आन्दोलनकारी शक्तिको प्रतिनिधि नेपाली काङ्ग्रेसका नेता बीपी कोइराला र सत्तामा भएका प्रधानमन्त्री श्री ३ मोहन शमसेर थिए । यो त्रिपक्षीय शक्तिको सहमतिमा ः अब उप्रान्त जनताबाट निर्वाचित प्रतिनिधिको शासन व्यवस्था हुने, संविधानसभाबाट नेपालको संविधान बनाउने र यस्तो संविधान अनुसार नेपालको शासन प्रशासन सञ्चालन हुने, राजा संविधानको मातहत अर्थात संवैधानिक राजा हुने, तत्कालीन अवस्थाका श्री ३ मोहन शमसेर राणाको नेतृत्वमा मन्त्री मण्डल गठन गर्ने । 

राजा श्री ५ त्रिभुवन नेपाल फर्काइए । पहिलो मन्त्रीमण्डल गठन भयो । बीपी कोइराला यो मन्त्रीमण्डलमा गृहमन्त्री भए । 

यसपछि राणाहरुले आफ्नो गुमेको शक्ति फर्काउन खुकुरी दल गठन गरेर देशमा उत्पात मच्चाउन थाले । श्री ५ त्रिभुवनले संविधानसभाको निर्वाचन नगराई टार्दै गए । २०११ सालमा उनको निधन भयो । श्री ५ महेन्द्र राजा भए । उनले संविधानसभाको निर्वाचन नगराई आफ्नो अनुकूलको संविधान बनाएर राज्यको शक्ति सबै आपूmमा केन्द्रित गरे । आपूm अनुकूलको संविधान बनाएर सबै शक्ति आपूmमा केन्द्रित गरेर विधायिकाको चुनाव गराए । यो चुनावमा नेपाली काङ्ग्रेसले प्रचण्ड बहुमत ल्याएर बीपी कोइराला नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बने तर राजा महेन्द्रलाई यो सैह्य भएन र १८ महिनामा निर्वाचित सरकार, संसद सबै भङ्ग गरेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । आफ्नै नेतृत्वमा मन्त्रिमण्डल गठन गरेको घोषणा गरे । 

पृथ्वीनारायण शाहको शेषपछि दरवारको अकर्मण्यताका कारण स्थापित भएको राणा शासनलाई अन्त्य गरेर जनताको हातमा अधिकार फर्काउन १०४ वर्ष कुर्नु प¥यो । त्यसै गरी जनताको हातबाट २०१७ सालमा शासकीय अधिकार खोसेका राजाको हातबाट जनताको हातमा पुनः शासकीय अधिकार फर्काउन ३० वर्ष सङ्घर्ष गर्नु प¥यो । २०४६ साल चैत २६ गते राजाको हातबाट शासकीय अधिकार फेरि जनताको हातमा आयो । २०४७ सालमा संविधान बन्यो । राजा संवैधानिक भए । शासन जनताका प्रतिनिधिले चलाउन थाले । राजा श्री ५ वीरेन्द्र हँुदासम्म जनताको अधिकार खोस्ने प्रयास भएको पाइँदैन । तर नेपाललाई सँधै अस्थिरमा राख्न चाहने शक्ति र आफ्नो गुमेको शक्ति फर्काउन चाहने शक्तिहरु मिलेर राजा वीरेन्द्रको वंश नास हुने गरी दरवार हत्याकाण्ड गराएको भन्ने अनुमान गरिन्छ । त्यसपछि फेरि जनताको शासकीय अधिकार बलपूर्वक आपूmमा निहित गरेर दरवारले उत्पात मच्चाएको समय धेरै भएको छैन । जनताले फेरि लामो र बलिदानीपूर्ण सङ्घर्ष एवं २०६२।६३ को आन्दोलन र १९ दिनको ऐतिहासिक आमहड्ताल गरेर राजालाई घुँडा टेकाएको हो । पूर्व राजा ज्ञानेन्द्र राजगद्दी त्याग्न वाध्य भएका हुन् ।

यस पछि संविधानसभाबाट संविधान बन्यो । यो छिमेकीलाई मन परेन । गणतन्त्र घोषणा भएको दरवार र दरवारका चाकरलाई मन परेन । देश संघीयतामा गएर अधिकार तलतलसम्म पुगेको केन्द्रिकृत मानसिकता भएका शासकलाई मन परेन । यही पछिल्ला १५÷१६ वर्षको अवधिमा देशले विकासमा फड्को मार्दै गरेको कुरा विकास विरोधी र छिमेकीलाई मन परेन । आपूm सत्तामा हुँदा सबै ठिक तर सत्ताबाट बाहिरिनु पर्ने वित्तिकै सबै बेठिक बुझ्ने केही सत्तामुखी राजनीतिक दललाई सत्ताबाट बाहिरिनु परेको मन परेन । आपूmले जतिसुकै धोका दिँदा पनि हुने तर आपूmले धोका पाउँदाको अवस्था मन परेन । आपूmले गरेका सबै सत्ता गठबन्धन उचित हुने तर आपूmबाहेक अरुले गरेका गठबन्धन अप्राकृतिक हुने अवस्था केहीलाई मन परेन । 

शासनसत्ताको गौडागौडामा पावरमा बसेका द्रव्य पिशाचहरुले जनतालाई दुःख दिएको कुरा भोग्ने कसैलाई पनि मन पर्ने कुरै भएन । शासनसत्ताको जटिलता बुझ्दै नबुझ्ने, बुझ्नै नखोज्ने अबुझलाई सामाजिक सञ्जालमा छाद्न र आची गर्न पाउँदा आनन्द मान्ने जमात पनि छ । यो वर्ग समूहलाई सत्य र तथ्यको कुनै मतलव छैन अरुका भ्रामक कुरा शेयर गर्न र भ्रमपूर्ण प्रचार गर्न पाउँदा युद्ध जितेको अनुभूति गर्नेहरु पनि छन् । 

कतिपय यस्ता भ्रष्ट मानसिकताका मानिस पनि छन् जसलाई आपूmले खान नपाएको, खान नदिएको रिस छ । तिनले खाने नखाने सबैलाई एउटै डालोमा राखेर सत्तोसराप गरेर आपूmलाई महान आदर्शको प्रतिरुप देखाउने बुद्धि पलाएको छ । 

केही बुझक्कडहरु यस्ता छन् तिनले भए गरेको राम्रो केही देख्दैनन् । बिग्रे, भत्केको, नभएको मात्रै देख्ने रोग लागेको छ । भएको सुन्न, देख्न कति पनि मन पराउँदैनन् । यस्तै यस्तै मानिसहरुका जमात नयाँ नयाँ चमत्कारिक जादुगरको खोजीमा भौतारिहन्छन् । कहिले यो, कहिले त्यो । घरी यता घरी उताका नायकको देवत्वकरण गर्दै हिँडछन् । यस्ताको काम झन् धेरै गाली गर्नु हो । काम गर्दैनन् । आम्दानीभन्दा चारगुणा बढी खर्च गर्नु यिनको स्वभाव भएको छ । जिन्दगी सँधै अभावमा छ, तनावमा छ । ध्याउन्न सधै सजिलो कमाईको खोजीमा छन् । जीवन तनावमय बन्दै गएपछि सामाजिक सञ्जालमा फोहर गर्नु यस्ताको चरित्र हो । यस्ताहरु अल्पज्ञानी भयङ्करीको कोटीमा पर्छन् । यिनको काम अरुलाई खास गरी सत्तामा भएकालाई गाली गर्नु हो । सत्तामा ती हुन्छन् जो राजनीतिमा सफल हँुदै जान्छन् । 


सबैभन्दा धेरै आलोचनाको केन्द्रमा प्रधानमन्त्री केपी ओली छन् । यसलाई स्वाभाविक रुपमा लिनु पर्छ भन्ने लाग्छ । विगतमा पार्टी भित्रका ‘महानहरु’ले केपी ओलीलाई ठेगान नलगाई आफ्नो पालो नफर्किने बुझे पछि पार्टीबाट र सत्ताबाटै हटाएर कहिल्यै नफर्किने गरी मटियामेट गर्नेसम्मको योजना सार्वजनिक गरेकै हुन् । तर पासा पल्टियो । 

देशलाई प्रतिगमनको बाटोमा फर्काएर शक्ति आर्जन गर्ने सपना देखेकाहरुले बाधकको रुपमा केपी ओलीलाई नै देखेका छन् र त्यो सत्य हो । त्यसै गरी मुलुकलाई समृद्धिको बाटोमा गएको देख्न नचाहने देश बाहिरका ‘असल छिमेकी’ र देश भित्रका तिनको सेवामा रहेका अरौटमा काम गर्नेहरुको जमातले केपी ओलीलाई नै बाधक देख्छन् । यो पनि सत्य हो । नयाँनयाँ नायक र मुक्ति दाताको खोजीमा कहिले यता र कहिले उताका नायकको देवत्वकरण गर्नेहरुको भ्रममा पानी छम्केर ब्युँझाउने काम केपी ओलीले नै गर्छन् । त्यसैले केपी ओलीलाई भए नभएको गाली गर्नु यिनको धर्म हो । यस्तै यस्तै । 

राजनीति सजिलो बाटो हुँदै होइन । यो अत्यन्त कठिन, जटिल, कष्टपूर्ण, धोकाधडी र षणयन्त्रलाई छिचोल्दै, गालिगलोज र आलोचना सुन्दै अडाडि बढ्ने बाटो हो । यहाँ गाली मात्रै होइन ताली पनि छ । तर गजव के छ भने तालीको स्वर सानो हुन्छ । गालीको आवाज चर्को हुन्छ । यो सबै सहन सक्ने, पचाउन सक्ने, समाधान खोज्न सक्ने, सम्झाउन सक्ने, बुझ अबुझलाई पचाउन सक्नेले राजनीति गर्ने हो । गाली गर्नु, अर्ति दिनु, सुझाव दिनु सजिलो काम हो तर राजनीति गरेर परिणाम निकाल्नु असाध्यै अप्ठ्यारो काम हो । 

समकालीन नेपालको राजनीतिमा सर्वाधिक आचोचना गरिएका राजनीतिका शिखर नेताहरुमा केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा पर्छन् । यी तिनै जनाको पचास वर्षभन्दा लामो त राजनीतिक जीवन छ । यसमा उनीहरुले देखेका उतारचढाव र भोगेका अक्करको कथा कहानी अहिलेको पुस्तालाई दन्त्य कथा जस्तो लाग्छ । तर सुन्ने धैर्यता यिनमा छैन ।  

कल्पना गरौं यिनीहरुले यो लामो सङ्घर्ष सहितको राजनीति गर्ने आँट, साहस नगरेको भए के हुन्थ्यो ? यिनका समर्थकलाई पार्टीका झोले उपनामले गाली गर्नेहरु सुन, तिनले र तिनका पनि पूर्वजले यो विशाल राजनीतिक सङ्गठन निर्माणसँगै जनजागरण गरेका कारण राणा शासन र राजाको निरङ्कुश शासनको अन्त्य गरेका हुन् । आँखा खोलेर होइन आँखा बन्द गरेर कम्तिमा बीस मिनेट सोच्नुहोस् । आफ्नै मनलाई सोध्नु होस् । के देशको राजनीति, सामाजिक अवस्था, आर्थिक अवस्था अहिलेको अवस्थामा आइपुग्थ्यो ? देश नै रहँदैन थियो म यसो भन्दिन । देश रहन्थ्यो, तर देशमा निरङ्कुश राजाको शासन कायम हुन्थ्यो । नागरिक स्वतन्त्रता र राजनीतिक अधिकारका कुरा एकादेशका कथा जस्ता हुने थिए । हाम्रो सामाजिक र आर्थिक अवस्था अभैm घरघोर पिछडिएको हुने थियो । 

यसको अर्थ धेरै भएको छ, योभन्दा बढी हुनै सक्दैन थियो भन्ने होइन । आन्तरिक सत्ता सङ्घर्ष र लोभीपापीको सङ्गतबाट टाढा बस्न सकेको भए समग्र नेपालीको अवस्था अहिलेको भन्दा राम्रो हुने थियो । यो अपेक्षा नेपाली जनताले गरेका हुन् र गर्नु पर्छ । यो स्वाभाविक हो । तर त्याग, योगदान विर्सिएर एकोहोरो खाए, मस्ती गरे, कमाए, सके, लुटे, मरी हालुन् आदि इत्यादि फोहोरी र असभ्य गाली गर्नु भनेको सभ्य नागरिकको पहिचान होइन । 

राजनीति गर्छु, राजनीतिको माध्यमबाट देशको समाजको सेवा गर्छु भनेर आउनु सम्मान योग्य कुरा हो । राजनीतिमा आउने जो कोहीलाई सम्मान गरौं । सिके राउत, रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ, गोपी हमाल लगायत सबै सम्मान गर्न लायक छन् । यति हो उनीहरुको कामले उनीहरुको राजनीतिक यात्राको आयु निर्धारण गर्छ । खराव गर्नेहरुले राजा र राणाको शासन जस्तो लामो समय शासन गर्न पाउने छैनन् । केही राम्रो गरेकाले नै यति लामो समय यी नेताहरु राजनीतिमा टिकेका छन् । खराव नै गरेको हो भने चुनावबाट सच्याउने बाटो खुल्ला छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । 

राजनीति गर्ने मानिस आलोचनाभन्दा बाहिर हुनै सक्दैन । तर आलोचना तथ्यभन्दा बाहिर र एकाङ्की भयो भने आलोचना गर्ने कै हैसियत र बुद्धि देखिन्छ । यस्तो हैसियत र बुद्धि देखाउने भन्दा तथ्यमा आधारित एवं मर्यादित आलोचना गरेर सचेत र सभ्य नागरिकको भूमिका निभाउँ ।


लेखकको बारेमा
Image
रामचन्द्र उप्रेती

(लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)